close

गुगल मिटमा आयो न्वाइज क्यान्सिलेसन फिचर

टेकपाना टेकपाना

असोज १४, २०७७ ७:४८

गुगल मिटमा आयो न्वाइज क्यान्सिलेसन फिचर

काठमाडौं । कोभिड १९ कारण सुरु भएको वर्कफ्रम होमको संस्कृतिका कारण भिडियो कलिङ निकै उपयोग हुन थालेको छ । कार्यालयका सहकर्मीसँग कुराकानी गरिरहँदा घन्टिको आवाज, बालबालिकाको होहल्ला, पाल्तु जनावरको स्वर, कुकुरको भुकाई आदिका कारण डिस्टर्ब गरिरहेको हुन्छ ।

यस्तै किसिमको समस्यालाई मध्यनजर गर्दै गुगलले आफ्नो भिडियो कलिङ प्लेटफर्म गुगल मिटको मोबाइल एपमा न्वाइज क्यान्सिलेसन फिचर सुरु गरेको छ । गुगलले आफ्नो आधिकारिक ब्लगमार्फत अब गुगल मिट मोबाइल एपमा समेत सुरु गरिएको उल्लेख गरेको छ ।

यससँगै अब मोबाइलबाट भिडियो कल गर्दा तपाईंको आसपासको होहल्ला तथा आवाज अन्य व्यक्तिहरुसम्म पुग्न पाउने छैन । डेक्सटपमा प्रयोग हुने गुगल मिटमा भने यस अघिदेखि नै न्वाइज क्यान्सिलेसन फिचर उपलब्ध रहेको थियो ।

बताइए अनुसार गुगल मिटको डिफल्ट सेटिङमा न्वाइज क्यान्सिलेसन फिचर बन्द हुने गर्दछ । मोबाइलमा गुगल मिटबाट भिडियो कल गर्दा यो फिचेर इनेबल गर्न सकिनेछ ।

त्यसका लागि तपाईंले गुगल मिटको सेटिङमा गएर यो फिचरलाई अन गर्नुपर्ने हुन्छ । केही समय अघि मात्र गुगल मिटको डेक्सटप भर्सनमा न्वाइज क्यान्सिलेसन फिचर समावेश गरिएको थियो ।

यो फिचर एन्ड्रोइड तथा आईओएस दुवै एपमा उपलब्ध हुने गुगलले जनाएको छ । तर यो फिचर निःशुल्क रुपमा उपलब्ध भने हुने छैन । यो फिचरलाई कम्पनीले जी स्विटको सब्सक्रिप्सन लिएका प्रयोगकर्तामा सीमित राखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०