close

सस्तो मूल्यमा घरघरमा खाद्यान्न र खसीबोका डेलिभरी गर्दै सरकारी ईकमर्स

टेकपाना टेकपाना

असोज १४, २०७७ १८:४०

सस्तो मूल्यमा घरघरमा खाद्यान्न र खसीबोका डेलिभरी गर्दै सरकारी ईकमर्स

काठमाडौं । सरकारले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गरी सञ्चालनमा ल्याउने गरेको ‘सहुलियत पसल’ यसवर्ष अनलाइनबाट पनि उपलब्ध हुने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरका साथै घुम्ती सेवा पसल एवं अनलाइन मार्फत उपभोक्तालाई उक्त सामान खरिद गर्न सक्ने उल्लेख गरिएको छ ।

दशैको बजार महंगो हुने भएकाले सरकाले लामो समयदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने गरेको छ । उक्त पसलमा उपभोक्ताले सहुलियत मूल्यमा दैनिक उपभोग्य खाद्य वस्तुहरु चामल, चिनी, नून, सिमी (गेडा), दाल, खसी र च्याङ्ग्रा लगायतका सामान उपलब्ध हुनेछ ।

उक्त सामान अनलाइनबाटै पनि खरिद गर्न सकिने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी जावलाखेल, भक्तपुरका साथै घुम्ती सेवा सहित ४९ स्थानबाट यो सेवा उपलब्ध हुनेछ ।

साथै अनलाइन मार्फत पनि उपभोक्ताले सामान खरिद गर्न सक्नेछन् । अनलाइनबाट गरिएको सामानको हाेम डेलिभरी पनि उपलब्ध हुनेछ ।

दुग्ध विकास संस्थानका केन्द्रहरू लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानबाट असोज १५ गते देखि छठ पर्वको भोलिपल्टसम्म सामान खरिद गर्न सकिने उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार उक्त पसलमा नुन प्रति केजी १८ रुपैयाँ, चिनी प्रति केजी ७० रुपैयाँ, घ्यू प्रति लिटर ८ सय ७० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

त्यस्तै चामल, गेडागुडी दाल तथा खसी, बोका र च्याङ्ग्राको मासुमा पाँच रुपैयाँदेखि १० रुपैयाँसम्म छुट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०