close

नयाँ वर्षमा बससेवाको अफर, अनलाइन टिकेट काट्ने ८१ जनाले पूर्ण क्यासब्याक पाउने

टेकपाना टेकपाना

चैत २४, २०८० १४:३१

नयाँ वर्षमा बससेवाको अफर, अनलाइन टिकेट काट्ने ८१ जनाले पूर्ण क्यासब्याक पाउने

काठमाडौं । अनलाइन बस टिकेटिङ सेवाप्रदायक बस सेवा डटकमले नयाँ वर्षको उपलक्ष्यमा ‘८१ सालमा एक्कासी अफर’ ल्याएको छ । यस अफरअन्तर्गत बस सेवामार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । 

त्यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र इयरबड जित्न सक्नेछन् । यो योजना २५ चैतदेखि ८ वैशाखसम्म सञ्चालन हुनेछ ।  अनलाइनबाटै बस टिकट काट्ने बानी प्रोत्साहन गर्न यो अफर ल्याएको कम्पनीले जनाएको छ । 

विजेताहरूको नाम गोलाप्रथाबाट चयन गरिने कम्पनीले जनाएको छ । यसका लागि गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बस सेवाको आधिकारिक फेसबुक पेजबाट गरिने छ ।

बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । यससँगै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्ने गरेको छ । 


 

 

पछिल्लो अध्यावधिक: चैत २४, २०८० १४:३९