close

चाडबाडका लागि एनसेलले ल्यायो बोनस टकटाइम सहित उपहार योजना

टेकपाना टेकपाना

असोज १८, २०७७ १३:२९

चाडबाडका लागि एनसेलले ल्यायो बोनस टकटाइम सहित उपहार योजना

काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलले आफ्ना ग्राहकहरुका लागि बोनस टक टाइम सहितको आकर्षक अफर ल्याएको छ । कम्पनीले प्रयोगकर्ताका लागि आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग सस्तोमा कुरा गर्न र दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न सकिने योजना ल्याएको हो ।

एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विशेषताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यति नै धेरै उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यो आकर्षक योजना आइतबार (असोज १८) देखि आउँदो मंसिर १३ सम्म कायम रहनेछ । चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन १७१०७ मा डायल गरी एनसेलका प्रिपेड ग्राहक सजिलै निःशुल्क रुपमा सहभागी हुन सक्नेछन् ।

यस योजनामा सहभागी हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम (कम्पनीको नेटवर्कभित्र कुराकानी गर्न) तुरुन्तै पाउनेछन् र योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् ।

यस किसिमको आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा दुई जना ग्राहकलाई सामसङ ग्यालेक्सी नोट ट्वान्टी पुरस्कार स्वरुप दिइनेछ ।

एनसेल आजियाटा लिमिटेडका प्रमुख ब्यापारिक अधिकृत प्रदीप श्रीवास्तवले चाडपर्वको सुरुवातसँगै यो वर्षको सबै भन्दा रमाइलो समयको आगमन भएको बताए। ‘यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेको छ,’ उनले भनेका छन्, ‘त्यसैले चाडपर्व अझ विशेष हुनेछ । जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रहिरहनु अझ महत्वपूर्ण हुन्छ ।’

यही कारणले गर्दा कम्पनीले आफ्ना गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएको उनले बताए । ‘भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाइलो बनाउनेमा हामी विश्वस्त छौं,’ उनले अगाडि भने ।

यो योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक उपहार अन्तर्गत ग्राहकले दुई सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।

यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ । उक्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् ।

साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्ये सातै प्रदेशका एक/एक जना गरी सात जना भाग्यशाली ग्राहक छनौट गरिनेछ ।

प्रत्येक भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन् ।त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसङ ग्यालेक्सी नोट २० रहेको छ ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबार सुरु भएर शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणीकरण प्रकृया अपनाएर सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०