close

युट्युवलाई नै शपिङ हब बनाउँदै गुगल

टेकपाना टेकपाना

असोज २४, २०७७ १७:२६

युट्युवलाई नै शपिङ हब बनाउँदै गुगल

काठमाडौं । प्रविधि विश्वको दिग्गज कम्पनी गुगलले आफ्नो भिडियो प्लेटफर्म युट्युवलाई अमेजन र अलिबाबा जस्तै फरक किसिमको शपिङ डेस्टिनेसन बनाउनेे योजना अनुरुप काम सुरु गरेको छ । जहाँ हरेक किसिमका खेलौना, ग्याजेट्स र अन्य सामान अनलाइन बिक्रीका लागि उपलब्ध हुनेछन् ।

विश्वकै सबैभन्दा ठूलो भिडियो साइट युट्युवले हालै मात्र क्रियटरलाई युट्युव सफ्टवेयर प्रयोग गरी आफ्नो क्लिपमा प्रडक्ट फिचर ट्याग तथा ट्र्याक गर्न लगाइरहेको छ । अबको चरणमा गुगलको प्यारेन्ट कम्पनीको एनालिटिक्स तथा शपिङ टुलसँग लिङ्क गरिने बताइएको छ ।

युट्युवको माध्यमबाट प्रडक्टको भिडियो क्याटेगरी तयार पारिनेछ । जसमा प्रडक्ट बिक्रीका लागि लिस्ट गरिनेछ । जहाँ भ्युअरले प्रडक्ट क्याटेगरीको लिङ्कमा क्लिक गरेर सोझै प्रडक्ट खरिद गर्न सक्नेछन् ।

यसबाहेक कम्पनी एक अलग शोपिफाई इंकको टेस्टिङमा समेत जुटेको छ । जसको माध्यमबाट युट्युवबाट सरसामान बिक्री गर्न सकिनेछ ।

युट्युवका प्रवक्ताले कम्पनी शपिङ फिचरको टेस्टिङ गरिरहेको कुराको पुष्टी समेत गरेका छन् । उनले युट्युवलाई एडभर्टाइजिङको दिग्गज कम्पनी बनाउनका लागि पूर्ण क्षमता राख्ने बताएका छन् ।

युट्युव शपिङमा क्रियटरसँग आफ्नो प्रडक्टको डिस्प्लेको कन्ट्रोल हुनेछ । ईकमर्स स्टार्टअप बास्केटका अध्यक्ष एन्डी एलउडको बुझाइमा युट्युव सबैभन्दा कम उपयोग भएको सम्पत्ति हो ।

यस्तोमा युट्युवमा लगानी गर्ने हो भने यसबाट निकै धेरै फाइदा लिन सकिनेछ । यद्यपी युट्युवले यसबाट आम्दानी कसरी गर्छ भन्ने कुरा स्पष्ट भइसकेको भने छैन ।

युट्युवले क्रियटरहरुका लागि सब्सक्रिप्सन अफर सुरु गरिसकेको छ र भुक्तानीमा ३० प्रतिशत कटौती हुनसक्ने बताइएको छ । महामारीको समयमा गुगलको मार्केटिङ बजेट खलबलिएको छ ।

किनभने महामारीका कारण ट्राभल र फिजिकल रिटेल सेन्टर नराम्रोसँग प्रभावित भएका छन् । जसबाट गुगललाई निकै धेरै विज्ञापन प्राप्त हुने गर्दथ्यो ।

जबकि यस समय ईकमर्सकाे प्रगतिले आकाश छोएको छ । यस्तोमा गुगलले इन्स्टाग्रामको जस्तै शपिङ डेस्टिनेसन बन्नेतर्फ कदम अगाडि बढाएको हो ।

फेसबुकको तर्फबाट गत मे महिनामा रिटेलरका लागि अपडेटेड शप फिचर सार्वजनिक गरिएको थियो । यस्तोमा गुगल समेत यो मौकालाई गुमाउन चाहँदैन ।

त्यसैले त युट्युवलाई उसले आफ्नो शपिङ हब बनाउने प्रयास अगाडि बढाएको हो । गुगलका सीईओ सुन्दर पिचाईले लोकप्रिय प्रडक्टको अनबक्सिङ भिडियोलाई शपिङमा बदल्न सकिने सुझाव दिएका थिए ।

यसबाहेक शपिङ क्याटेगरीमा मेकअप, कुकिङको ट्युटोरियललाई समेत एड गर्न सकिने संभावना छ । साथै कम्पनी आफ्नो पेमेन्ट डिभिजनलाई समेत सुधार गरिरहेको छ, जसले अनलाइन शपिङमा मद्दत गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४