close

आईसीटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा

टेकपाना टेकपाना

कात्तिक ६, २०७७ १३:२५

आईसीटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा

काठमाडौं । आईसीटी अवार्ड अन्तर्गत २०२० संस्करणको छनौट प्रक्रिया जारी रहेको छ । यसै क्रममा कार्तिक ६ गते भर्चुअल कार्यक्रम मार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा आयोजकले विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको छ ।

यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । अन्य विधाहरूमा विभिन्न चरणको छनौट प्रक्रिया जारी छ ।

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको छ ।

यी चार विधामा यस वर्ष २ सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको बताइएकाे छ । आईसीटी अवार्ड २०२० मा उत्साहजनक नोमिनेशन र छनौटमा प्रतिस्पर्धा पनि उच्च रहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले बताए ।

स्टार्टअप आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिवी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि रहेका छन ।

यसैगरी प्रडक्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युज क्लासरूम, जेनियस आइपिटिभी, जिवी र न्यानो नानी रहेका छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राेबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

विभिन्न चार विधाहरूमा अवार्डमा प्राप्त नोमिनशेनहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । त्यसपश्चात् १४ जना जुरी समितले उत्कृष्ट १२ को छनौट गरेको थियो ।

उत्कृष्ट १२ ले जुरी समक्ष भर्चुअल माध्यमबाट प्रिजेन्टेशन तथा स्पिड डेटिङमा भाग लिएका थिए । विभिन्न चार विधाहरूको उत्कृष्ट ५ मा पर्न सफलहरूले अब पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ ।

कार्तिक १२ गते बुधवारदेखि पब्लिक भोटिङ सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष एसएमएस, ईमेलसँगै पेमेन्ट पार्टनर ईसेवा मार्फत पनि भोट गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०