close

एपीआई र यसको कामलाई सजिलोसँग यसरी बुझ्नुहोस्

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १८:१८

एपीआई र यसको कामलाई सजिलोसँग यसरी बुझ्नुहोस्

काठमाडौं ।  प्रविधिमा रुचि छ भने एपीआई शब्द तपाईंले धेरै पटक सुन्दै आउनु भएको होला । तर यसको अर्थ तपाईंलाई थाहा छ त ? आज हामी तपाईंलाई एपीआईको बारेमा बताउँदै छौं । 

एपीआईको लामो रुप ‘एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस’ हो । यसलाई दुई सर्भिस वा दुई चीजलाई जोड्न प्रयोग गरिन्छ । एपीआई डिजिटल संसारको एउटा ब्रोकर जस्तै हुन्छ ।

उदाहरणका लागि यदि तपाईंले कुनै वेबसाइट बनाउनुभयो र त्यसमा तपाईंले कुनै प्रडक्ट बिक्री गर्दै हुनुहुन्छ भने तपाईंले त्यसमा पेमेन्ट अप्सन दिनुपर्ने हुन्छ । यसका लागि तपाईंले या त आफैं सफ्टवेयर बनाउनुपर्छ वा त्यस्तो सफ्टवेयर बनाउने कम्पनीसँग सम्पर्क गर्नुपर्छ ।

ताकि त्यस्तो सफ्टवेयर प्रयोग गरेर तपाईंले आफ्नो कस्टमरबाट पेमेन्ट गराउन सक्नुहोस् । यस्तो बेला तपाईंलाई ती कम्पनीले एउटा एपीआई दिन्छ, जसलाई प्रयोग गरेर तपाईंले आफ्नो बैंक अकाउन्टलाई वेबसाइटसँग जोड्न सक्नुहुन्छ ।

अब त्यो पेमेन्ट एपीआईको माध्यमबाट तपाईंको कम्पनीमा आउँछ र सफ्टवेयरको माध्यमबाट फेरि बैंक अकाउन्टमा जान्छ । यसो गर्दा तपाईंले पेमेन्ट गेटवे बनाउनु पर्दैन । तपाईं तनावमुक्त रहन सक्नुहुन्छ । 

यसरी एउटा सानो एपीआई, लिङ्क वा कोडबाट उनीहरुको सफ्टवेयर प्रयोग गरेर पेमेन्ट एसेप्ट गर्न सक्नहुन्छ । 

यो वास्तवमा एउटा फङ्सन र प्रोसिड्युर पनि हो, जसलाई एउटा एप्लिकेसन बनाउन प्रयोग गरिन्छ । उदाहरणका लागि जब तपाईं कुनै वेबसाइटमा टिकट बुक गर्नुहुन्छ । तब त्यो वेबसाइटले एयरलाइन्स कम्पनीको डेटाबेससँग कनेक्सन बनाएर कुन फ्लाइटमा कति सिट उपलब्ध छ भन्ने कुरा तत्काल बताइदिन सक्छ ।

वास्तवमा त्यो  एपीआईकै कारण सम्भव हुन्छ । यसरी एउटा एप्लिकेसनलाई अर्कोसँग जोड्न मद्दत गर्ने मुख्य तत्व नै एपीआई हो । 

तपाईंको डिभाइसमा काम गर्ने सफ्टवेयरले डिभाइसको हार्डवेयरसँग पनि एपीआईकै मद्दतबाट कनेक्सन बनाउन सक्छ । यदि तपाईं गेम खेल्नुहुन्छ भने डाइरेक्ट एक्सको बारेमा सुन्नुभएकै होला । यो एउटा एपीआई लेभलको चिज हो ।

डाइरेक्ट एक्सले तपाईंको डिभाइसको मल्टिमिडिया क्षमतालाई मापन गर्दछ । डिभाइसले कति राम्रो साउण्ड, ग्राफिक्स दिन सक्छ भने । यसरी तपाईंले गेम खेल्नुअघि डिभाइसमा ‘डाइरेक्ट एक्स’ डाउनलोड गर्नुभयो भने डिभाइस र गेमको बीचमा राम्रो कनेक्सन बन्न सक्छ ।

अन्यथा गेम आफैंले कहिल्यै पनि तपाईंको डिभाइसको हार्डवेयर तथा ग्राफिक्स क्षमता पहिचान गर्न सक्दैन । यो हार्डवेयर र सफ्टवेयरबीचमा रहन्छ । 

एप्लिकेसन बन्ने, एकअर्कोसँग जोडिने, नेटवर्क काम गर्न यी सबै एपीआईकै मद्दतले सक्षम हुन्छ । गुगलको आफ्नै एपीआई छ, जसले गर्दा गुगलको प्रडक्ट तपाईंको डिभाइससँग जोडिन सक्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०