close

मेडियाटेकले किन्यो इन्टेलको पावर म्यानेजमेन्ट चिप बिजनेश

टेकपाना टेकपाना

मंसिर ४, २०७७ ९:७

मेडियाटेकले किन्यो इन्टेलको पावर म्यानेजमेन्ट चिप बिजनेश

काठमाडौं । इन्टेलले गत वर्ष एप्पललाई आफ्नो स्मार्टफोन मोडेम बिजनेस बेच्यो । हालै उसले कम्पनीमा चिप सम्बन्धित काम गर्ने डिभिजनकाे स्वामित्व पनि बिक्री गरेको छ ।

सेमिकन्डक्टर बजारमा थप प्रतिस्पर्धी बन्न माेबाइल चिप निर्माता मेडियाटेकले ८५ मिलियन डलरमा इन्टेलको पावर म्यानेजमेन्ट चिप बिजनेश इनपिरिअन अधिग्रहण गरेकाे हाे । इनपिरिअनले डिभाइसहरुमा चिपहरूको लागि पावर व्यवस्थापन उपकरणहरू प्रदान गर्दछ जुन प्राय: ब्याट्रीबाट पावर सप्लाईको साथ आउँदछ।

याे अधिग्रहणसँगै ताइवानी चिप निर्माता मेडियाटेकले आफ्नो कार्यको समग्र स्तरमा थप सुधार ल्याउने लक्ष्य राखेको छ। यो सम्झौताले मेडियाटेकको आफ्नो स्थानलाई बढावा दिन थप प्रतिस्पर्धी भएर आउने विश्वास गरिएको छ ।

यस अधिग्रहणसँगै मेडियाटेकले अब इन्टरप्राइज स्तरको एप्लिकेशनहरुका लागि प्रयोग भइरहेको एफपीजीए, सिस्टम अन चिप, सीपीयू र एएसआईसी लगायतका लागि थप उत्पादन विस्तार गर्ने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०