close

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो धनी व्यक्ति

टेकपाना टेकपाना

मंसिर ९, २०७७ १८:०

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो धनी व्यक्ति

काठमाडौं । माइक्रोसफ्टका मालिक बिल गेट्सलाई उछिन्दै एलन मस्क विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । टेस्ला कम्पनीका सीईओ मस्कको सम्पत्ति हाल १२८ बिलियन डलर अर्थात १५१ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

उनको यो सम्पत्तिमा विगत एक वर्षको अवधिमा मात्रै सय बिलियन डलर थप भएको उल्लेख गरिएको छ । योसँगै उनले विश्वकै धनी व्यक्तिको रुपमा रहेका अमेजनका मालिक जेफ बेजोसको सम्पत्तिको नजिक पुगेका छन् । बेजोसको सम्पत्ति हाल १८२ बिलियन डलर रहेको छ ।

पछिल्लो समय टेस्लाको शेयर मूल्यमा आएको वृद्धिले मस्कलाई यो सफलता मिलेको उल्लेख गरिएको छ । कार कम्पनी टेस्लाको मार्केट क्याप झन्डै ५ सय डलर बिलियन रहेको छ । जुन यो वर्षको सुरुवातमा सय डलर बिलियन थियो ।

योसँगै कारको मार्केटमा टेस्लाको मार्केट क्याप आजसम्मकै सबैभन्दा धेरै हो । कम्पनीले यो वर्षमात्रै ५ लाख भन्दा बढी कार उत्पादन गर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०