close

ई-लर्निङका लागि पूर्वाधारमा लगानी आवश्यक

टेकपाना टेकपाना

मंसिर १४, २०७७ ८:४६

ई-लर्निङका लागि पूर्वाधारमा लगानी आवश्यक

काठमाडौं । ई-लर्निङका लागि शिक्षाको पूर्वाधारमा लगानी गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार आयाेजित फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बाेल्दी उनीहरूले यस्तो जोड दिएका हुन् ।

सो कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सिकाइमा प्रविधिको प्रयोग १० वर्षपहिले नै प्रारम्भ भएको बताए । यसलाई मास्टर प्लानका रुपमा लैजान जरुरी भएको प्रवक्ता शर्माको भनाइ थियो ।

आईटी शिक्षा र ई-शिक्षाको सुरुवात सरकाले सुरु गरिसकेको उनले बताए । आईटी इन एजुकेशन भनेर सरकारले २०१३ मा सुरु गरेको उनले बताए ।

ई-लर्निङका लागि अहिले नेपालमा ५ वर्गका विद्यार्थी छन् । जो अध्ययनका लागि केही नभएका, अर्काथरी रेडियोको पहुँच भएका, टेलिभिजनको पहुँच भएका, डेस्कटप तथा ल्यापटप लगायतको पहुँच भएका छन् ।

ती वर्गका विद्यार्थीहरुलाई समेट्न सबै विद्यालयहरुले सक्दो प्रयास गरिरहेको प्रवक्ता शर्माले बताए । उनले योजनाबद्ध हिसालले २०१५ मा स्कुल सेक्टर डेभलपमेन्ट प्लान सुरु गरेको र आईटी इन एजुकेशनलाई एउटा क्रश कटिङ कम्पोनेन्टको रुपमा काम गरेको बताए ।

साथै त्यसले विद्यालयमा कसरी आईटीलाई लान सकिन्छ भनेर काम गरेको शर्माको भनाइ थियो । त्यसै कार्यक्रम सुरु भएको वरिपरी डिजिटल नेपाल फेमवर्क आएको हो । प्रवक्ता शर्माका अनुसार त्यस अगाडी पनि सरकारले डिजिटल शिक्षाको अभ्यास गरेको थियो ।

त्यसैगरी सो कार्यक्रममा टिच फर नेपालकी अध्यक्ष स्वस्तिका श्रेष्ठले ई-लर्निङको कुरा कोरोनापछि मात्रै समस्या समाधानका रुपमा आएको भएपनि यसलाई दीर्घकालीन रुपमा लैजानुपर्ने आजको आवश्यकता भएको बताइन् ।

समग्रमा डिजिटल इकोनोमीको कुरा भइरहँदा त्यसमा ८० प्रतिशत विद्यार्थीहरु जो प्राइभेट स्कुलमा अध्ययन गर्छन् ,उनीहरु कसरी सहभागी हुने भन्ने छलफलका विषय भएको बताइन् । ई-लर्निङका लागि पहुँचको कुरा गर्दा पब्लिक स्कुलमा ८० प्रतिशत विद्यार्थीहरुको र बाँकी २० प्रतिशत विद्यार्थीका मुद्धा फरक खालको रहेको उनको अनुभव छ ।

युनिसेफको एक अध्ययनका अनुसार नेपालमा रेडियोमा २५ प्रतिशत , टेलिभिजनमा ३५ प्रतिशतको हाराहारीमा पहुँच रहेको श्रेष्ठले बताइन् । त्यस्तै, मोबाइल फोनको पुँच हेर्ने हो भने झण्डै ९० प्रतिशत जति रहेको उनको भनाइ छ ।

ई-लर्निङका लागि प्रविधिको पहुँच भएपनि त्यसलाई कसरी अध्यापनसँग जोड्ने भन्ने समस्या रहेको श्रेष्ठले बताइन् । डिजिटल कक्षाको कुरा गर्दा शिक्षकहरुको तयारीको भूमिका पनि महत्वपूर्ण हुनेमा उनको जोड थियो ।

प्रविधिको प्रयोग गरेर शिक्षकहरुले सेवा दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि महत्वपूर्ण रहेको उनले बताइन् । त्यसैले यसका वृहत तहहरु रहेको भन्दै यस विषयमा ब्यापक छलफल गर्नुपर्ने उनको तर्क छ । ई-लर्निङमा संभावनाहरु प्रशस्त भएको त्यसलाई खोज्नुपर्ने आश्यकता रहेको उनको भनाइ थियो । त्यस्तै,यसमा चुनौती पनि उस्तै रहेको श्रेष्ठले बताइन् ।

त्यसैगरी सो कार्यक्रमा बोल्दै युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले सरकारले कोरोनाका कारण लकडाउन गर्यो, त्यतिबेलाभन्दा अगाडिको अवस्थामा ९५ प्रतिशत प्राइभेट स्कुलको अवस्था पब्लिक स्कुलको भन्दा फरक नभएको बताए ।

डिजिटल शिक्षाको सबैभन्दा सजिलो र सहज पहुँच साधन मोबाइल भएकोे भन्दै त्यसले डिजिटल सिकाइमा महत्वपूर्ण भूमिका खेल्ने प्रिन्सिपल लामिछानेले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०