close

अर्को सातादेखि अनलाइनबाट श्रम स्वीकृति लिन सकिने

टेकपाना टेकपाना

पुस ९, २०७७ ७:५८

अर्को सातादेखि अनलाइनबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सेवाग्राहीले केही दिन कुर्नुपर्ने भएकाे छ । बुधबारदेखि याे व्यवस्था सुरू गर्ने भनिए पनि प्राविधिक तयारी पुरा नभएकाले थप केही दिन लाग्ने भएकाे हाे ।

वैदेशिक रोजगार विभागले दिएकाे जानकारी अनुसार एक हप्ताभित्र प्रविधिक काम सकेर विश्वको जुनसकै कुनाबाट अनलाइनबाटै श्रम स्विकृती लिनपाउने व्यवस्था मिलाइनेछ ।

याे व्यवस्था सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण गर्न सक्नेछन् । यसले श्रम स्वीकृतिको नवीकरण गर्न नेपाल आउनुपर्ने झन्झट हट्नेछ ।

यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनलाइन भुक्तानी सेवाहरु आईएमई पे, ई-सेवामार्फत तिर्नु पर्नेछ । साथै श्रमिकहरुले बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम समेत तिनै भुक्तानी सेवाबाट तिर्न सक्नेछन् ।

शूल्क भुक्तानी गरेपछि श्रमिकको इमेलमा श्रम स्वीकृति नवीकरण भएको सन्देश आउनेछ । भिसा अवधि थपेर विदेशमा बस्न चाहनेहरु यो अनलाइन सेवा मार्फत लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०