close

शुक्रबारदेखि अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने

टेकपाना टेकपाना

पुस १५, २०७७ १७:४८

शुक्रबारदेखि अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडाैं । आउँदो पुस १७ शुक्रबारदेखि अनलाइनबाट श्रम स्वीकृति लिन पाइने भएकाे छ । लामो तयारीपछि सरकारले अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने भएको हाे ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपालीले विदेशबाट समेत यस्तो सेवा लिन सक्नेछन् ।

उनले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाटै श्रम स्वीकृतिका लागि आवेदन दिपर्ने जानकारी दिए ।

योसँगै विदामा नेपाल आएका र विदेशमै रहेको नेपालीले कार्यालयसम्म धाइरहनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनलाइन भुक्तानी सेवाहरु आईएमई पे, ईसेवामार्फत तिर्नुपर्नेछ । साथै श्रमिकहरुले बिमा तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम समेत तिनै भुक्तानी सेवाबाट तिर्न सक्नेछन् ।

शुल्क भुक्तानी गरेपछि श्रमिकको ईमेलमा श्रम स्वीकृति नवीकरण भएको सन्देश आउनेछ । भिसा अवधि थपेर विदेशमा बस्न चाहनेहरु यो अनलाइन सेवा मार्फत लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०