close

अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा

टेकपाना टेकपाना

भदौ २६, २०७८ ११:२८

अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्यालेन्डर’ विजेट सार्वजनिक गरेको छ । एपले शुक्रबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’ का साथै नयाँ ‘न्युज विजेट’ समेत ल्याएको हो ।

यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथिमितिको अपडेट लिन सक्नेछन् । क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यसपटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको छ ।

प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउनेछन् । जसमा चाडपर्व तथा विशेष दिन, बार मिति, मौसम सहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति, बार, तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति, बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिनेछ ।

त्यस्तै ‘न्युज’तर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दुई ओटा विकल्प रहेका छन् । समाचार विजेटमा विभिन्न न्युज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडेट प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनुसार मिलाएर राख्ने सुविधा समेत यसमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५