close

एन्ड्रोइड कस्टमाइजेसन रोकेको भन्दै गुगललाई झण्डै २१ अर्ब जरिवाना

टेकपाना टेकपाना

भदौ २९, २०७८ २१:५५

एन्ड्रोइड कस्टमाइजेसन रोकेको भन्दै गुगललाई झण्डै २१ अर्ब जरिवाना

काठमाडौं । दक्षिण कोरियाको फेयर ट्रेड कमिसन (केएफटीसी) ले गुगललाई २०७.४ विलियन वोन अर्थात् २० अर्ब ९१ करोडभन्दा बढी जरिवाना तोकेको छ ।

बजारमा आफ्नो प्रभावको फाइदा उठाउँदै एन्ड्रोइड कस्टमाइजेसनमा रोक लगाएको भन्दै गुगलमाथि ठलो मूल्यमा जरिवाना ताेकिएकाे हाे ।

केएफटीसीले गुगलले मोबाइल तथा अन्य एन्ड्रोइड डिभाइस निर्मातासँग राखेको सर्तको फाइदा उठाएर मोबाइल ओएस बजारमा प्रतिस्पर्धालाई निषेध गरेकाे आरोप लगाएको छ ।

यसअघि दक्षिण कोरियाले दूरसञ्चार व्यवसाय ऐनलाई परिमार्जन गरेको थियो, जसलाई ‘गुगल विरोधी कानून’ का रुपमा पनि हेरिएको छ ।

सोही ऐनमा आधारित भएर केएफटीसीले जरिवाना तोकेको बताइएकाे छ ।

योसँगै गुगलले जरिवानको विषयमा पुनः अपिल गर्न चाहेको बताएको छ । त्यतिमात्रै नभएर यो निर्णयले एन्ड्रोइड प्रयोगकर्ताले पाइरहेको सेवा तथा सुविधालाई समेत समस्यामा पारेकाे गुगलकाे तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१