सधैँलाई अनफलो गर्ने टुल बनाउने डेभलपरमाथि फेसबुकको प्रतिबन्ध

काठमाडौं । फेसबुकको लागि ‘अनफलो एभ्रिथिङ’ टुल (सबैलाई एकैपटक अनफलो गर्ने यन्त्र) विकास गर्ने डेभलपर लुइस बार्क्लेलाई कम्पनीले सधैँको लागि प्रतिबन्ध लगाएको छ । फेसबुक प्रयोगकर्ताले आफ्नो न्युज फिडमा मन नपरेको पोस्टलाई कहिल्यै देख्न नमिल्ने गरी अनफलो गर्न मिल्ने फिचर उनले विकास गरेका छन् ।

फेसबुकमा भएका साथी, ग्रुप अथवा कुनै पेजलाई अनफलो गरेपछि उनीहरूका गतिविधि तथा सामग्रीहरू आफ्नो न्युज फिडमा कहिल्यै पनि नदेखिने गर्न मिल्ने फिचर उनले बनाएका हुन् । यो टुल प्रयोग गर्दा साथीहरूलाई अथवा कुनै पेजलाई अनफ्रेन्ड अथवा अनलाइक नगरी अनफलो मात्र गरेर पनि उनीहरूको गतिविधि कहिले पनि आफ्नो टाइम लाइनमा नदेखिने बनाउन सकिन्छ ।

यही टुलका कारण फेसबुकले न्युज फिडको अन्तरक्रियालाई प्रभावित पारेको आरोपमा आफूलाई प्रतिबन्ध लगाएको भन्दै लुइसले आफ्नो ब्लगमा लेखेका छन् । उनको ब्लगको प्रतिक्रिया दिँदै फेसबुकले कम्पनीको नियम उल्लंघन गरेको भन्दै फेसबुक र इन्स्टाग्रामबाट सधैँको लागि प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धमा परेपछि आफूबाट फेरि यस्तो कुनै पनि टुल निर्माण नगर्ने प्रतिबद्धता कम्पनीले मागेको उनले बताएका छन् । उनले विकास गरेको यो टुल हाल  प्रयोगमा छैन । यस विषयमा हाल फेसबुकले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team