close

फोटो र भिडिओजस्तै अडियो शेयर गर्न मिल्ने प्लेटफर्म ‘एअरच्याट’

टेकपाना टेकपाना

बैशाख ८, २०८१ १३:४०

फोटो र भिडिओजस्तै अडियो शेयर गर्न मिल्ने प्लेटफर्म ‘एअरच्याट’

काठमाडौं । फोटो र भिडिओजस्तै अडियो शेयर गर्न मिल्ने सोसल मिडिया प्लेटफर्म 'एअरच्याट' (AirChat) एप चर्चित बन्दै गएको छ । ​एअरच्याट गतवर्ष सार्वजनिक भएको थियो । एन्जेललिस्टका संस्थापक नवल रविकान्त र टिन्डरका पूर्व प्रोडक्ट एक्जिक्युटिभ ब्रायन नोर्गार्डको नेतृत्वमा यस एपलाई पुन: निर्माण गरिएको हो ।

अप्रिल १३ मा यसलाई आईओएस र एन्ड्रोइडमा सार्वजनिक गरेसँगै यसको चर्चा चुलिएको छ । हेर्दा एअरच्याट परिचित लाग्न सक्छ । यो एउटा एअरच्याट फिड ट्वीटर (एक्स) वा त्यसका थ्रेडहरू जस्तो पनि लाग्न सक्छन् । तर तपाईँले यसलाई स्क्रोल गर्दा, फरक अनुभूति गर्नुहुनेछ ।

अन्य सोसल मिडिया प्लेटफर्ममा जस्तै यसको फिडमा पनि प्रयोगकर्ताले स्क्रोल गरी पोस्ट, कमेन्ट, लाइक, शेयर, फलो गर्न सकिन्छ । तर यी सबै अडिओ र भिडिओ रेकर्डिङहरूको रूपमा हुन्छन् । एअरच्याटले ती अडियो र भिडिओ क्लिपहरूलाई फिडमा टेक्स्टको रुपमा परिणत गर्न एआई ट्रान्सक्रिप्सनको प्रयोग गर्छ ।

रविकान्तले अन्य एपको तुलनामा एअरच्याट थप इन्टरएक्टिभ हुने दावी गरेका छन् । एपमा एउटा अडिओ प्ले भएर सकिएसँगै दोहोरिएर त्यही अडिओ बज्दैन, क्रमश: अन्य अडिओ प्ले हुँदै जान्छ ।

यसलाई पोडकास्ट जस्तै गाडी चलाएको बेला वा अन्य काम गरिरहेका बेला पनि सुन्न सकिने किसिमले बनाइएको छ । यदि तपाईँको स्क्रिन अफ भयो भने पनि एअरच्याटले तपाईँसँग कुरा गर्छ । तपाईँले यसमा डाइरेक्ट मेसेज गर्न सक्ने पनि फिचर पाउन सक्नुहुन्छ । 

यो एप एन्ड्रोइडमा डाउनलोड गर्न यहाँ र आईओएसमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ १३:४०