गुगल सर्चमा यसरी प्रयोग गर्नुहोस् डार्क मोड

काठमाडौं । टेक जायन्ट गुगलले गुगल सर्च पेजमा डार्क मोड उपलब्ध गराको छ । गुगलमा धेरै समय बिताउने प्रयोगकर्तालाई सहज होस् भन्दै कम्पनीले यो फिचर उपलब्ध गराएको हो ।

हुन त यो फिचर यसअघि नै केही प्रयोगकर्तालाई उपलब्ध भइसकेको थियो । त्यसबेला परीक्षणका लागि उपलब्ध गराइएको यो फिचर केही समयअघि मात्र धेरै प्रयोगकर्ताका लागि उपलब्ध भएको हाे । यसको अर्थ तपाईंलाई पनि उपलब्ध भइसकेको छ भन्ने चाँहि नहुन सक्छ ।

किनभने कम्पनीले डार्कमोडलाई क्रमिक रुपमा प्रयोगकर्तालाई उपलब्ध गराइरहेको बताएको छ । त्यो हुँदा केही समयपश्चात सम्पूर्ण गुगल प्रयोगकर्तालाई यो फिचर उपलब्ध हुनेछ । जसलाई यो फिचर उपलब्ध भएको छ, उनीहरूले सहजै प्रयोग गर्न सक्नेछन् ।

त्यसका लागि सुरुमा गुगल सर्च पेज खोल्नुहोस् । त्यो सँगै पेजको दायाँ साइडको माथि तपाईंले आफ्नो फोटाे सहितको आइकन देख्नुहुनेछ । त्योसँगै रहेको ‘सेटिङ’ आइकनमा क्लिक गर्नुहोस् ।

सेटिङमा क्लिक गर्ने बित्तिकै त्यसको सबैभन्दा तल ‘डार्क थिम’ रहेको छ । उक्त अप्सनमा क्लिक गरी तपाईंले डार्क मोड अन गर्न सक्नुहुनेछ ।

यदि सेटिङको तल उक्त फिचर नभएको खण्डमा तपाईंले सेटिङको सबैभन्दा माथि रहेको ‘सर्च सेटिङ’ मा क्लिक गर्नुहोस् । अब पेजको बायाँ साइडमा रहेको ‘एपिरियन्स’ अप्सनमा क्लिक गर्नुहोस् ।

अब त्यहाँ उपलब्ध विभिन्न मोडमध्ये ‘डार्क मोड’ लाई अन गरेर सेभ गर्नुहोस् । यति गरेसँगै तपाईंले गुगल सर्चमा डार्क मोड प्रयोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team