close

कुन टेलिकम कम्पनीबाट फोन गर्दा कति लाग्छ शुल्क ?

टेकपाना टेकपाना

कात्तिक २, २०७८ १५:५२

कुन टेलिकम कम्पनीबाट फोन गर्दा कति लाग्छ शुल्क ?

काठमाडौं । पछिल्लो समय म्यासेन्जर, भाइबर, ह्वाट्सएप, इमो लगायतका ओटीटी सेवाको प्रयोग बढिरहेको छ । यसले विस्तारै दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने भ्वाइस कल सेवालाई विस्थापित गर्नसक्ने आँकलन गरिएको छ ।

यद्यपि दूरसञ्चार सेवाप्रदायकले उपलब्ध गराउने मोबाइल कलको प्रयोगमा कमी आएको छैन । हाल नेपालमा भ्वाइस कल सेवा उपलब्ध गराउनका लागि ६ वटा सेवाप्रदायकले अनुमति पाएका छन् ।

तर, त्यसमध्ये तीन सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मात्रै सेवा उपलब्ध गराइरहेका छन् ।

यसरी सेवा उपलब्ध गराउनेमध्ये तीनवटै कम्पनीको भ्वाइस कलको दस्तुर भने फरक–फरक छ । सेवाप्रदायकले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट कल गर्दा लाग्ने दस्तुर स्वीकृत गराउनुपर्ने हुन्छ ।

प्राधिकरणबाट गत असार मसान्तसम्म सेवाप्रदायकले स्वीकृत गराएको भ्वाइस सेवाको दस्तुरका आधारमा कुन सेवाप्रदायकबाट कल गर्दा कति लाग्छ भन्ने विषयमा यहाँ जानकारी दिँदैछौं ।

नेपाल टेलिकम

टेलिकमबाटटेलिकममाप्रति मिनेट (रु.)
प्रिपेडटेलिकमका सबै नम्बरमा१.५०
पोस्टपेडटेलिकमका सबै नम्बरमा (पिक आवर)१.००
पोस्टपेडटेलिकमका सबै नम्बरमा (अफ पिक आवर)०.५५
नेपाल टेलिकमबाटएनसेलमाप्रति मिनेट शुल्क (रु.)
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेडप्रिपेड/पोस्टपेड१.५०
जीएसएम प्रिपेड/ सीडीएमए प्रिपेडप्रिपेड/पोस्टपेड२.००
नेपाल टेलिकमबाटस्मार्टमा प्रति मिनेट शुल्क (रु.)
जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेड२‍‍.००
पीएसटीएन/जीएसएम पोस्टपेड/सीडीएमए पोस्टपेड१.५०

एनसेल

एनसेलबाटएनसेलप्रति मिनेट (रु.)
पोस्टपेडप्रिपेड/पोस्टपेड१.००
प्रिपेडपोस्टपेड/प्रिपेड१.९९
एनसेलबाटटेलिकमप्रति मिनेट (रु.)
पोस्टपेडटेलिकमका सबै नम्बरमा१.२०
प्रिपेडटेलिकमका सबै नम्बरमा१‍.९९
एनसेलबाटस्मार्टमा प्रति मिनेट (रु.)
पोस्टपेड१.५०
प्रिपेड१.९९

स्मार्ट सेल

स्मार्टबाटसबै नम्बरमाप्रति मिनेट (रु.)
स्मार्टस्मार्ट/टेलिकम/एनसेल सबै नम्बरमा१.५०

हुन त याे नियामक निकायबाट स्वीकृत गराइएकाे दस्तुर हो । सेवाप्रदायकले चाहेको खण्डमा नियामकबाट स्वीकृत गराएको भन्दा कम मूल्यमा सेवा दिनसक्ने प्रावधान छ ।

साथै पछिल्लाे समय सेवाप्रदायकले विभिन्न प्याक समेत उपलब्ध गराइरहेका छन् । त्यसरी उपलब्ध गराएकाे प्याक खरिद गरी कल गर्दा सेवा अझ सस्ताे हुने कम्पनीहरुकाे दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२