close

गुगल ड्राइभमा सुधारिंदै सर्च फिल्टर, फाइल खोज्न सजिलो हुने

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ ९:१२

गुगल ड्राइभमा सुधारिंदै सर्च फिल्टर, फाइल खोज्न सजिलो हुने

काठमाडौं । गुगल ड्राइभमा नयाँ सर्च फिल्टर आउने भएको छ । यो सर्च फिल्टरले ड्राइभमा फाइल खोज्न प्रयोगकर्तालाई सहज हुने कम्पनीले जनाएको छ । सर्च चिप्स नाम दिइएको यो फिचरमा प्रयोगकर्ताले फाइलको प्रकार, अन्तिम पटक हेरिएको फाइलजस्ता विभिन्न विकल्पबाट फाइल खोज्न सक्छन् । 

गुगल ड्राइभमा अहिले पनि सर्च अप्सन छ तर यो फिचर सर्च बार भित्र छ । नयाँ सर्च फिल्टर भने ड्राइभको माथिल्लो भागमा हुनेछ भने यसले फाइल खोज्नको लागि धेरै विकल्पहरू दिनेछ । यस्तै फिचर गत वर्षदेखि जिमेलमा पनि सुरु भएको थियो । 

अहिले बेटाको रूपमा सुरु गरिएको यो फिचरको लागि प्रयोगकर्ताले आवेदन दिन सक्ने गुगलले जनाएको छ ।

यो फिचर सुरुमा गुगल वर्कस्पेशका प्रयोगकर्तालाई उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५