close

इन्स्टाग्राम नचलाउन प्रोत्साहन गर्ने ‘टेक अ ब्रेक’ फिचर आउँदै

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ ९:२३

इन्स्टाग्राम नचलाउन प्रोत्साहन गर्ने ‘टेक अ ब्रेक’ फिचर आउँदै

काठमाडौं । मेटा स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो प्लेटफर्म केही समय नचलाउन प्रोत्साहन गर्ने गरी ‘टेक अ ब्रेक’ नामक फिचर ल्याउने भएको छ । प्रयोगकर्ताले लामो समयदेखि माग गरेको यो फिचर आगामी डिसेम्बर महिनादेखि आउन सक्ने बताइएको छ ।

इन्स्टाग्राम प्रमुख एदाम मोसेरीले ट्विटमार्फत यो फिचरबारे जानकारी गराएका हुन् । ट्विटरमा भिडियो पोष्ट गर्दै उनले डिसेम्बरबाट यो फिचर सार्वजनिक हुन सक्ने बताएका हुन् ।

सार्वजनिक भएको स्क्रिनसट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् । प्रयोगकर्ताले चाहेमा उक्त अप्सनमा गएर आफूले कति समय एप नचलाउने हो निक्र्यौल गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२