close

भारतीय बजारमा साओमीको दबदबा, तीन महिनामै एक करोड २० लाख स्मार्टफोन बिक्री

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १५:४०

भारतीय बजारमा साओमीको दबदबा, तीन महिनामै एक करोड २० लाख स्मार्टफोन बिक्री

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले भारतीय बजारमा निरन्तर आफ्नो पकड जमाउन सफल भएको छ । हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासिक अवधिमा साओमीले भारतमा एक करोड २० लाख फोन बिक्री गरेको छ ।

इन्टरनेश्नल डेटा कर्पोरेसन (आईडीसी) को एक रिपोर्टअनुसार साओमी भारतमा बिक्री हुने फोनमध्ये पहिलो स्थानमा छ । यद्यपि गत वर्षको सोही अवधिको तुलनामा भने साओमी स्मार्टफोनको बिक्रीमा गिरावट आएको छ ।

गत वर्षको तेस्रो त्रैमासिकमा साओमीले एक करोड ३५ लाख स्मार्टफोन बिक्री गर्न सफल भएको थियो ।

रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतीय बजारमा कुल चार करोड ८० लाख स्मार्टफोन बिक्री भएको छ ।

यसअन्तर्गत सामसङ दोस्रो स्थानमा कायम छ । यो तीन महिनामा सामसङका ८१ लाख फोन बिक्री भएका छन् । त्यस्तै ७९ लाख फोन बिक्री गर्न सफल भिभो तालिकाको तेस्रो स्थानमा छ ।

यो सूचीमा रियलमी र ओप्पोले क्रमश ७५ लाख र ५१ लाख स्मार्टफोन बिक्री गर्दै चौथो र पाँचौ स्थान ओगटेका छन् । फाइभजी स्मार्टफोनका लाग भारत तेस्रो ठूलो बजारसमेत हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२