close

वानप्लस, ओप्पो, भिभो र रियलमीका फोनमा अब १२५ वाटको चार्जिङ

टेकपाना टेकपाना

कात्तिक २८, २०७८ १७:२३

वानप्लस, ओप्पो, भिभो र रियलमीका फोनमा अब १२५ वाटको चार्जिङ

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड वानप्लस, ओप्पो, भिभो तथा रियलमीका फोनमा अब १२५ वाट चार्जिङ सपोर्ट उपलब्ध हुने भएको छ । यी कम्पनीका आउँदो नयाँ फोनमा १२५ वाट चार्जिङ सिस्टम उपलब्ध हुने भएको हो ।

चिनियाँ ब्राण्डहरुले चार्जिङ सिस्टममा एकरूपता कायम गर्ने प्रतिवद्धता अनुरूप सन् २०२२ देखी मोबाइलमा १२५ वाट चार्जिङ प्रविधि सपोर्ट उपलब्ध गराउने भएका हुन् ।

यो सुचीमा हालसम्म ओप्पो, वानप्लस, भिभो, रियलमी जोडिएका छन् भने, आगामी दिनमा अन्य ब्राण्ड पनि थपिँदै जाने जनाइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार ओप्पोले आफ्नो फाइन्ड एक्स४ सिरिजको फोनबाट १२५ वाटको चार्जिङ प्रविधि प्रयोगमा ल्याउने छ ।


त्यस्तै रियलमी जीटी २ प्रा, वानप्लस १० प्रो, ओप्पो एन सिरिज, रेनो ८ प्रोमा १२५ वाटको चार्जिङ प्रयोगमा आउने छ । हालसम्म भिभोले कुन मोडलमा १२५ वाटको चार्जिङ उपलब्ध गराउँछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन् । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२