close

त्रिभुवन विश्वविद्यालयमा आईसीटी एकेडेमी सञ्चालन हुने

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १६:१६

त्रिभुवन विश्वविद्यालयमा आईसीटी एकेडेमी सञ्चालन हुने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेको सहयोगमा त्रिभुवन विश्वविद्यालयमा आईसीटी एकेडेमी स्थापना हुने भएको छ ।

विश्वविद्यालयमा डिजिटल शिक्षालाई बढवा दिने योजनाका साथ ह्वावेले त्रिविसँग सहकार्य गरेको हो ।

यसका लागि ह्वावे र त्रिविबीच सम्झौता भएको छ । आज आयोजित ह्वावे कनेक्ट २०२१ कार्यक्रममा यो विषयमा सम्झौता भएको हो ।

प्रविधियुक्त एकेडेमीमा नयाँ प्रविधिका साथै ह्वावेका तर्फबाट विज्ञ समेत उपलब्ध हुनेछ । जसमार्फत डिजिटल ट्यालेन्ट उत्पादन गर्न सहयोग पुग्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३