काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीको आगामी उत्पादन ‘साओमी १२’ चाँडै सार्वजनिक हुने भएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अघिकृत (सीईओ) ली जुनले नयाँ प्रोडक्टको विषयमा जानकारी दिएका हुन् ।
क्वालकमको स्न्यापड्रयागन टेक समिट २०२१ मा बोल्दै जुनले नयाँ स्मार्टफोनको नाम र त्यसमा प्रयोग हुने चिपसेटको विषयमा जानकारी दिएका हुन् । उनका अनुसार साओमी १२ क्वालकम स्न्यापड्रयागन ८ जेन १ मा आधारित हुनेछ ।
क्वालकमले आफ्नो स्न्यापड्रयागन टेक समिट २०२१ को अवसर पारेर नयाँ प्रोसेसर सार्वजनिक गरेको हो । क्वालकम स्न्यापड्रयागन ८ जेन १ चिपसेट यसअघि यो ‘क्वालकम स्न्यापड्रयागन ८९८’ नाम दिइने अनुमान गरिएको थियो ।
उनले नयाँ फोन कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैनन् । तर, प्राप्त जानकारी अनुसार यो फोन यही डिसेम्बर १६ तारिखमा चीनमा सार्वजनिक हुनेछ ।
यसअघि पनि कम्पनीले आफ्नो फ्ल्यागसिप स्मार्टफोन पहिलो चरणमा चिनियाँ बजारमा सार्वजनिक गरेर विस्तारै अन्य बजारमा उपलब्ध गराउने गरेको थियो ।