close

टेस्ला कार दुर्घटना भएपछि फ्रान्सको कम्पनीले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

पुस १, २०७८ १०:२०

टेस्ला कार दुर्घटना भएपछि फ्रान्सको कम्पनीले लगायो प्रतिबन्ध

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा ट्याक्सी सेवा दिने सबैभन्दा ठूलो कम्पनी जीसेभेनले टेस्ला कार प्रयोगमा तत्कालको लागि प्रतिबन्ध लगाएको छ ।

यो साता टेस्ला कार दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका थिए । चालकले कारको नियन्त्रण गुमाएपछि दुर्घटना भएको थियो ।

उत्पादक कम्पनी टेस्लाले भने कारमा कुनै पनि प्राविधिक त्रुटी नभएको दाबी गरेको छ । यो दुर्घटनाबारे पेरिसमा अनुसन्धान भइरहेको छ ।

उक्त दुर्घटना कारमा भएको प्राविधिक त्रुटी वा मानवीय त्रुटी के कारणले भएको हो अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।

जीसेभेनका ट्याक्सी चालकले ड्युटी सकाएर आफ्नो परिवारका सदस्यलाई रेष्टुरेन्ट लैजादै गर्दा दुर्घटना भएको थियो ।

टेस्लाले आफ्नो कार स्वचालित भएको दाबी गर्दै मार्केटिङ गर्ने गरेको छ । तर, यसमा स्वचालित फिचर भए पनि चालकले नै पूर्ण रुपमा कारलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२