close

आउँदो निर्वाचनमा विद्युतीय भोटिङ हुने, विदेशमा रहेका नेपालीले समेत मतदान गर्न पाउने

टेकपाना टेकपाना

पुस ९, २०७८ २०:५१

आउँदो निर्वाचनमा विद्युतीय भोटिङ हुने, विदेशमा रहेका नेपालीले समेत मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने व्यवस्था मिलाउने भएको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले एक कार्यक्रमबीच यस विषयको जानकारी दिएका हुन् ।

उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदान गराउने तयारी थालिएको उल्लेख गरेका छन् । सचिव दुवाडीका अनुसार विद्युतीय भोटिङ हुने भएपछि विदेशमा रहेका ४० लाख नेपालीले समेत मतदान गर्न सक्नेछन् ।

हालै भएको जनगणनामा कूटनीतिक नियोगहरूको सहयोगमा विद्युतीय प्रणालीमार्फत विदेशमा रहेका नेपाली नागरिकको तथ्याङ्क सङ्कलन गरिएको थियो । यद्यपि विद्युतीय मतदान गराउन दलहरूबीच साझा सहमति हुन भने जरुरी रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२