एनसेलबाट तत्काल कर नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेबाट तत्काल कर नउठाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएकाे छ । बुधबार बसेकाे न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले तत्काल कर नअसुल्न अन्तरिम आदेश दिएको हो ।

आयकर ऐनको दफा ५७ बमोजिम स्वामित्व परिवर्तन भएको आधारमा ठूला करदाता कार्यालयले ६० अर्ब कर असुल्ने निर्णय गरेपछि आइतबार एनसेलका तर्फबाट रमेश घिमिरेले रिट दायर गरेका थिए ।

रिटको अन्तिम किनारा नलागेसम्म कर निर्धारण कार्यान्वयन नगरी यथास्थितिमा राख्‍न उसले अन्तरिम आदेश मागेको थियो । रिटमा ठूला करदाता कार्यालयबाट जारी भएको कर निर्धारणको सूचना र यससम्बन्धी सबै निर्णयहरु बदर गर्न माग गरिएकाे थियाे ।

ठूला करदाता कार्यालयले गत पुस १० गते एनसेलको स्वामित्व परिवर्तनमा कर लाग्ने भन्दै एनसेलमाथि ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको थियो ।

आयकर ऐनको दफा ५७ मा ‘कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नाे स्वामित्वको सम्पत्ति वा आफूले बहन गरेको दायित्व निःसर्ग गरेको मानिने’ उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team