close

क्लाउड कम्प्युटिङ विषयमा आइतबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

माघ १, २०७७ १५:५४

क्लाउड कम्प्युटिङ विषयमा आइतबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । माउन्टेक सोलुसनले आइतबार क्लाउड कम्प्युटिङ विषयमा वेबिनार आयोजना गर्ने भएकाे छ । अमेजनको क्लाउड कम्प्युटिङ प्लेटफर्म एडब्लुएससँगको सहकार्यमा माउन्टेकले उक्त वेबिनार आयोजना गर्न लागेको हो । 

वेबिनार आइतबार साँझ साढे ६ देखि साढे ८ बजेसम्म आयोजना हुनेछ । सो वेबिनारमा आईटी क्षेधका विद्यार्थी, पेशाकर्मी, बैंकका सूचना प्रविधि कर्मचारी कर्मचारी तथा क्लाउड कम्प्युटिङप्रति रुचि हुने जोकोही सहभागी हुनसक्ने माउन्टेकले बताएको छ । 

कार्यक्रममा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको आईटी डिभिजनमा शीर्ष भूमिकामा काम गरिसकेका दिलिप योगी स्रोत व्यक्तिको रुपमा उपस्थित हुनेछन् । वरिष्ठ सफ्टवेयर इन्जिनियर योगी एडब्लुएसबाट प्रमाणप्राप्त सोल्युसन आर्किटेक्ट असोसिएट पनि हुन् । 

उनले मास्टरकार्ड, एटी एण्ड टीमा वरिष्ठ सफ्टवेयर इन्जिनियरका रुपमा काम गरिसकेका छन् । दूरसञ्चार, फिनटेक तथा पेमेन्ट  क्षेत्रमा उनी वरिष्ठ डेभलपर समेत हुन् । 

माउन्टेकको वेबनार सेसनमा योगीले एडब्लुएसको क्लाउड कम्प्युटिङ, त्यसका आधारभूत र महत्वका कुराहरुमा चर्चा गर्ने छन् । साे वेबिनारकाे प्रत्यक्ष प्रसारण टेकपानाकाे फेसबुक पेजबाट गरिनेछ ।

सहभागी हुन इच्छुकहरुले आइतबार दिउँसो तीनबजेसम्म दर्ता फर्म भरिसक्नुपर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१