प्रयोग नभएका एन्ड्रोइड एपको साइज स्वत: घट्ने फिचर आउँदै टेकपाना मंगलवार, माघ ६, २०७७ ०९:५८ काठमाडाैं । एन्ड्रोइड ओपन सोर्स प्रोजेक्टको एक टिमले नयाँ फिचरमा काम गरिरहेको छ । यो फिचरलाई हाइबरनेशनको नाम दिइएको छ । याे फिचरकाे प्रयाेगले माेबाइलमा प्रयोग नगरेको एप्सको मेमोरी फुटप्रिन्ट घटाउनेछ । हाल विकासको क्रममै रहेकाे याे फिचर आगामी एन्ड्रोइड १२ मा आउने अनुमान गरिएकाे छ । मोबाइलमा थोरै स्टोरेज स्पेसको समस्या हुने प्रयोगकर्ताका लागि यसले राहत दिने अनुमान गरिएको छ । यो फिचरले प्रयोग नभएको एप क्यास स्वतः क्लियर गर्नेछ । यसमा थप के के फिचर हुनेछन् भन्ने विषयमा अन्य जानकारी भने उपलब्ध भइसकेकाे छैन । So the first details of Android's app hibernation feature are here. If an app is hibernated for a single user, the system will clear cache. Google will add more for package-level hibernation (app is hibernated for all users).Source: https://t.co/q16Md5dKNuH/T @luca020400 https://t.co/UC4JEoJI7f pic.twitter.com/9bqq1RjeBr — Mishaal Rahman (@MishaalRahman) January 15, 2021