एनसेलले अब डेटा समेत सापटीमा दिने

Ncell_logo

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स सकिएको समयमा पनि डेटा प्याक खरिद गर्न सकिने सुविधा ल्याएको छ ।

ग्राहकको सहजताको लागि भन्दै कम्पनीले यस्तो सेवाको सुरुवात गरेको हो । योसँगै ब्यालेन्स सकिएर अप्ठ्याराे परेको समयमा सहजै डेटा प्याक लिएर आफन्त तथा साथीभाइसँग जोडिन सक्नेछन् ।

त्यसका लागि प्रयोगकर्ताले *९९८८*१# डायल गरी ३०० एमबी डेटा लिन सक्नेछन् । यसरी लिइएको डेटा दुई दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा प्रयोग गर्दा लागेकाे शुल्क ४२ रुपैयाँ ५५ पैसा अर्को पटक रिचार्ज गर्दा काटिने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team