close

१०८ मेगापिक्सेल क्यामेरासहित नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

फागुन २२, २०७७ १९:५६

१०८ मेगापिक्सेल क्यामेरासहित नयाँ स्मार्टफोन ल्याउँदै रियलमी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले १०८ मेगापिक्सेल मुख्य क्यामेरा भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ । फोटोग्राफीलाई विशेष प्राथमिकता दिँदै कम्पनीले ‘रियलमी ८ प्रो’ मोडलको नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको हो ।

कम्पनीले यो फोनमा सामसङको एचएमटु (HM2) प्राइमेरी सेन्सर प्रयोग गरिने जानकारी दिएको छ । यसअन्तर्गत क्यामेरा सेन्सर साइज १/१.५२ इन्चसहित १२०००x९००० पिक्सेलकाे प्रभावकारी रिजाेलुसन हुने जनाइएकाे छ ।

कम्पनीका अनुसार यसमा भएको ‘एचएम२’ ले ‘नाइन–इन–वान पिक्सेल बिन्निङ’, ‘आईएसओ सेल प्लस’ र ‘स्मार्ट आइएसओ’ मोबाइल तस्वीर सेन्सरका कारण स्पष्ट र उत्कृष्ट तस्वीर खिच्न सकिन्छ ।

रियलमी ८ प्रोमा प्रयोग गरिएको १०८ मेगा पिक्सेलकाे क्यामेराले उज्यालो र अँध्यारो दुवैमा हरेक विवरण स्पष्ट देखिने गरी तस्वीर खिच्न सक्छ । जुम गरेर हेर्दा फोटो फाट्ने समस्या यसमा हुनेछैन भने अझ राम्रोसँग फोटोको विवरण हेर्न सकिन्छ । 

यसमा प्रयोग गरिएको ‘इन–सेन्सर’ जुम प्रविधिका कारण फोटो जुम गर्दा थप स्पष्ट भएर देखिन्छ र फोटो फाट्दैन । इन सेन्सर जुममाथि–एक्स मोड सक्रिय हुने र यसले १२ मेगापिक्सेलसम्म फैलिएको तस्वीरको विवरण देखाउनेछ ।

१२ मेगा पिक्सेल आकारसम्मको सानो फोटोका कारण यसको इमेजिङ प्रक्रिया तीव्र छ । स्पष्टता बढाउने एल्गोरिथमको विशेषताका कारण तस्वीर झनै स्पष्ट देखाउन क्यामेरा सबल भएको छ । 

रियलमीले यस सिरिज मार्फत पहिलोपटक स्मार्टफोनको दुनियाँमा टाइम लाप्स स्टारी मोड समेत सार्वजनिक गरेको छ ।

विशेषतः स्टारी टाइम लाप्स पेशेवर क्यामेरा हुने विशेषता हो, जसमा दुई वा दुईभन्दा बढी भिडियो क्लिप गरिन्छ र भिडियो सम्पादन मार्फत तिनलाई संकलन गरेर जोडिन्छ । फोटो संश्लेषण एवं संयोजनका लागि टाइम लाप्स स्टारी मोड (Starry Mode) एकदमै चुनौतीपूर्ण मानिन्छ । 

क्यामेराबाहेक यो फोनका अन्य विशेषताका रुपमा ६५ फास्ट चार्जिङ प्रविधिसहितको ४५०० एमएएच ब्याट्री हुनेछ । स्न्यापड्रागन ७३०जी६ प्राेसेसरकाे प्रयाेग भएकाे फाेनमा ६ जीबी र्‍याम हुनेछ ।

नेपाली बजारमा यो फोनको मूल्य ३५ देखि ४० हजार रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१