close

डिशहोमका ग्राहकलाई बैंकक घुम्न जाने अवसर

टेकपाना टेकपाना

चैत १९, २०७७ १३:९

डिशहोमका ग्राहकलाई बैंकक घुम्न जाने अवसर

काठमाडौं । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो ।

यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई खास उत्साह र खुशी प्रदान गर्ने कम्पनीकाे विश्वास छ । यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने ‘लक्की ड्र’ बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् ।

लक्की ड्रमा सहभागता जनाउन ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै ई-वालेट एप्स र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् ।

लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ । लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको CAS ID को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६, २०७७ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम शोकेस च्यानलहरुमा हरेक बिहीबार दिउँसाे ५ बजे प्रत्यक्ष प्रसारण पनि गरिनेछ ।

सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३