close

दूरसञ्चार पूर्वाधार निर्माणमा यस्तो छ नेपालको प्रगति

टेकपाना टेकपाना

बैशाख १८, २०७८ २०:५९

दूरसञ्चार पूर्वाधार निर्माणमा यस्तो छ नेपालको प्रगति

काठमाडौं । नेपालमा दूरसञ्चार क्षेत्र एउटा सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । सोझै आममानिससँग जोडिने दूरसञ्चार क्षेत्रले देशको जीडीपीमा पनि ठूलो भूमिका खेल्दै आएको छ ।

यस्तोमा यो क्षेत्रमा विकास र विस्तारका लागि सरकारले पनि आवश्यक नीति तथा निर्माणमा काम गरिरहेकै छ । साथै अहिले छुट्टै नयाँ पूर्वाधार कम्पनी ल्याउने तयारी सरकारले गरिरहेको छ ।

यस्तोमा नेपालमा हाल सञ्चालामा रहेको विभिन्न सेवा प्रदायकसँग कति पूर्वाधार छन् त ? कति पूवार्धार निर्माण भइसकेको छ त ?

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता तथा उपनिर्देशक अच्युत्तानन्द मिश्र भन्छन्, ‘पूर्वाधारका हिसाबले हाल दुई फरक काम भएको छ । जसमा पहिलो सेवा प्रदायकले आफैंले निमार्ण गरेको पूर्वाधार र अर्को ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित परियोजनाबाट निर्माण भइरहेको पूर्वाधार ।

यी दुवैलाई समेट्ने हो भने पूर्वाधारको हकमा हालसम्म ६ हजार ५ सय भन्दा बढी टावर निर्माण भइसकेको छ । भने, ७ हजार किलोमिटरभन्दा बढी फाइबर नेटवर्क विस्तारकाे काम सम्पन्न भइसकेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१