close

क्लबहाउस जस्तै ट्वीटरको स्पेस अब ब्राउजरबाट पनि प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

जेठ १३, २०७८ १५:३२

क्लबहाउस जस्तै ट्वीटरको स्पेस अब ब्राउजरबाट पनि प्रयोग गर्न सकिने

काठमाडौं । अहिलेको चर्चित क्लबहाउस एपमा भएको जस्तै फिचर ट्वीटरमा पनि छ । ट्वीटर स्पेस दिइएको यो फिचरमा ट्वीटर प्रयोगकर्ताले अडियो छलफल गर्न सक्छन् ।

हाल ट्वीटर एपमा मात्रै उपलब्ध यो फिचर अब ब्राउजरमा पनि आउने भएको छ । ट्वीटरले दिएको जानकारी अनुसार अब यो फिचर ब्राउजर र ट्वीटर डेस्कटपबाट समेत प्रयोग गर्न सकिन्छ । ट्वीटर स्पेस होस्ट गर्न भने एपबाट मात्रै सकिन्छ ।

बेव र डेस्कटप भर्सनका प्रयोगकर्ताले अरुले होस्ट गरेको स्पेसमा जोडिन मात्रै सक्नेछन् । सामाजिक अडियो एप क्लबहाउस अहिले विश्वभर नै ट्रेण्डिङमा छ ।

केही साता अघिदेखि एन्ड्रोइड प्रयोगकर्ताको लागि पनि उपलब्ध यो एप आईओएस प्रयोगकर्ताको लागि भने एक वर्षअघिदेखि उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१