close

यसरी सजिलै बुझ्नुहोस् ‘ब्राउजर एक्सटेन्सन’ र यसको काम

टेकपाना टेकपाना

जेठ २६, २०७८ ९:३१

यसरी सजिलै बुझ्नुहोस् ‘ब्राउजर एक्सटेन्सन’ र यसको काम

काठमाडौं । इन्टरनेटमा तपाईंले ब्राउजर एक्सटेन्सनको नाम त सुन्दै आइरनु भएको होला । तर ब्राउजरमा भएको यो एक्सटेन्सन के हो ? यसले कम्प्युटरमा कसरी काम गर्छ ? कम्प्युटरको ब्राउजरमा एक्सटेन्सनलाई कसरी एड गरिन्छ ? यी प्रश्नहरु तपाईंको मनमा उठेका होलान् ।

आज हामी तपाईंलाई ब्राउजरको एक्सटेन्सनको बारेमा जानकारी दिँदै छौं ।

ब्राउजर एक्सटेन्सन के हो ?

एक्सटेन्सनले कम्प्युटरलाई कुनै फाइल कुन किसिमको हो भनेर बताउने काम गर्दछ । यदि तपाईंसँग विभिन्न किसिमका फाइलहरु जस्तै अडियो, भिडियो, पीएनजी, फिल्म, गेम, प्रोग्रामिङका फाइल छन् । यस्तो बेला ती फाइलहरुले के काम गर्छन् र कसरी गर्छन् भन्ने कुरा तपाईंलाई थाहा हुन्छ । तर मसिनलाई त्यो कुरा थाहा हुँदैन ।

यसकारण मसिनलाई हाम्रो फाइल कुन किसिमको हो र त्यसलाई कसरी रन गर्ने भनेर बुझाउन हामी एक्सटेन्सनको प्रयोग गर्दछौं ।

हरेक फाइलका लागि फरक-फरक एक्सटेन्सन छन् । उदाहरणका लागि फोटो छ भने जेपीईजी, पीएनजी नामका एक्सटेन्सन बनाइएका छन् । यसका साथै यदि प्रोग्रामिङ छ भने त्यसैको नामको एक्सटेन्सन बनाइएका हुन्छन् ।

वास्तवमा ब्राउजर एक्सटेन्सन भनेको ब्राउजरको प्रयोगलाई अझ सुमधुर बनाउन यसमा थप गर्न मिल्ने सफ्टवेयर फिचर हुन् । यी एक्सटेन्सनले तपाईंलाई अतिरिक्त सुविधा र फिचर प्रदान गर्छन् ।

यदि तपाईं आफ्नो ब्राउजरलाई एड्भान्स लेभलको बनाउन चाहनुहुन्छ । यसमा सानो-सानो सफ्टवेयरहरु एड गर्न चाहनुहुन्छ । त्यसलाई नै ब्राउजर एक्सटेन्सन भनिन्छ ।

यसको प्रयोग इन्टरनेटमा मात्र हुन्छ । यसको प्रयोगबाट तपाईंले आफ्नो ब्राउजर एक्सपेरियन्सलाई अलग्गै लेभलमा पुर्‍याउन सक्नुहुन्छ । तपाईंको विण्डोजको युआरएल बारको छेउमा भएका साना-साना सफ्टवेयरलाई नै ब्राउजरको एक्सटेन्सन हुन् ।

तपाईंले जुनसुकै ब्राउजरको पनि आफ्नै एक्सटेन्सन हुन्छन् । क्रोममा तपाईंले राखेको ब्राउजर एक्सटेन्सन हेर्न सबैभन्दा पहिले आफ्नो युआरएल बारकै लाइनको सबैभन्दा दायाँ कुनामा रहेको थ्री डटलाई क्लिक गर्नुहोस् ।

त्यहाँबाट मोर टुल्समा क्लिक गर्नुहोस् । अब त्यसभित्र देखिएका अप्सनहरुमा रहेको एक्सटेन्सनमा क्लिक गर्नु पर्दछ ।

कुनै पनि ब्राउजर एक्सटेन्सनलाई तपाईंले इच्छाअनुसार इन्स्टल गर्न सक्नुहुन्छ । यसका लागि माथि बायाँतिर एक्सटेन्सन लेखिएको नजिक तीन लाइन हुन्छ । त्यसमा क्लिक गरेपछि एउटा स्पेस ओपन हुन्छ, जसको तलतिर ओपन क्रोम वेब स्टोर लेखिएको हुन्छ ।

त्यसमा क्लिक गरेपछि तपाईंको अगाडि ब्राउजरका एक्सटेन्सनहरु आउँछन् । त्यहाँबाट इच्छा अनुसार इन्स्टल गर्न सक्नुहुन्छ ।

यसमा साना साना सफ्टवेयरहरु हुन्छन्, जसलाई इन्स्टल गरिसकेपछि त्यो तपाईंको ब्राउजरमा गएर एड हुन्छन् । कतिपय नि:शुल्क हुन्छन् र कतिपय सशुल्क एक्सटेन्सनहरु हुन्छन् ।

यसको प्रयोग किन र कसरी गर्ने ?

तपाईं आफ्नो इन्टरनेटको स्पिड चेक गर्न ब्राउजरको युआरएल बारमा गएर स्पिड टेस्ट डट नेट क्लिक गरी इन्टरनेट कनेक्सनको स्पिड परीक्षण गर्नुहुन्छ ।

तर यसरी युआरएल लेखेर वेबसाइटमा भिजिट गरेर परिक्षण गर्नुभन्दा तपाईले यसको एक्सटेन्सन इन्स्टल गर्नुभयो भने ब्राउजरबाटै सिधै स्पिड परिक्षण गर्नसक्नुहुन्छ ।

यसको एक्सटेन्सनका लागि क्रोम वेब स्टोरमा गएर स्पिड टेस्ट सर्च गर्नुहोस् । त्यो आएपछि त्यसलाई क्लिक गरी एड टु क्रोम गर्नुहोस् ।

यति गरिसकेपछि एक्सटेन्सन फाइल तपाईंको कम्प्युटरमा डाउनलोड हुन्छ र तपाईंको विण्डोजमा यो गएर बस्छ । र तपाईंले यसलाई एड एक्सटेन्सन क्लिक गरेर अनुमति दिनु पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१