close

अनलाइन फुड डेलिभरी सेवा ‘भोज’ अब बुटवलमा पनि

टेकपाना टेकपाना

भदौ ६, २०७८ १४:३६

अनलाइन फुड डेलिभरी सेवा ‘भोज’ अब बुटवलमा पनि

काठमाडौं । अनलाइन फुड डेलिभरी सेवा भोज बुटवलमा पुगेको छ । कम्पनीले शनिबारदेखि बुटवलमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

अब बुटवलबासीले भोज एपमार्फत मनपर्ने रेस्टुरेन्टबाट खानाका परिकार मगाउन सक्नेछन् ।

काठमाडौंमा छोटो समयमै चर्चा कमाएको भोजले यसअघि ‘भोजडिल्स’ को नामबाट सेवा दिएको थियो ।

ग्राहकले डिजिटल पेमेन्टका सबै सुविधा जस्तै ईसेवा, फोनपे, आईएमई पे, कनेक्ट आईपीएस, खल्ती, क्रेडिट र डेबिट कार्ड पनि प्रयोग गर्न सक्नेछन् । याे प्लेटफर्ममा विदेशमा बसेका नेपालीहरुले आफन्तका लागि पनी अर्डर गर्न सक्ने बताइएकाे छ ।

एन्ड्रोइडका लागि भोज एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१