close

विण्डोज ११ मा अब एन्ड्रोइड एप प्रयोग गर्न पाइने

टेकपाना टेकपाना

कात्तिक ४, २०७८ १८:४१

विण्डोज ११ मा अब एन्ड्रोइड एप प्रयोग गर्न पाइने

काठमाडौं । अब विण्डोज ११ मा पनि एन्ड्रोइड एपको प्रयोग गर्न पाइने भएको छ । विण्डोज ११ का प्रयोगकर्ताले यसअघि एन्ड्रोइड एपको प्रयोगको लागि अन्य थर्ड पार्टी एपको प्रयोग गर्नुपर्ने अवस्था थियो । 

माइक्रोसफ्टले विन्डोज ११ टेस्टरमा एन्ड्रोइड एप प्रयोग गर्न मिल्ने सुविधा सुरु गरेको छ । एन्ड्रोइडको लागि विण्डोज सवसिस्टमको प्रिभ्यू भर्सन प्रयोगकर्ताको लागि सुरु भएको छ ।

इन्टेल, एएमडी र क्वालकम प्रोसेसर भएका टेस्टरले विण्डोज ११ मा एन्ड्रोइड एप प्रयोग गर्नसक्ने छन् । 

माइक्रोसफ्टको एपस्टोरबाट एप लोड गरी अमेजन एपस्टोरमा लोड गरी एन्ड्रोइड एप लोड गर्न सकिनेछ । अन्य विण्डोज एपसँगै एन्ड्रोइड एप पनि सँगै प्रयोग गर्न मिल्ने सुविधा यसमा हुनेछ । एन्ड्रोइड एपहरुलाई स्टार्ट मेनु र टास्कबारमा पनि पिन गर्न सकिने छ । 

अहिले तत्कालको लागि ५० वटा एपलाई विण्डोज ११ मा प्रयोग गर्न पाइने छ । यसमा लर्ड मोबाइल, जुन्स जर्नी, क्वाइन मास्टर्सजस्ता मोबाइल गेमसहित विभिन्न एपहरु छन् ।

गुगल प्ले स्टोरमा ३० लाख बढी एप भए पनि तत्काल विण्डोज ११ मा भने ५० वटा एप मात्रै प्रयोग गर्न मिल्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२