काठमाडौं । नेपाली ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ९ देखि २२ असोजसम्म सक्रिय हुनेगरी 'दशैंमा ग्रिनको दक्षिणा' नामक अभियान ल्याएको हो ।
सो समय अवधिभर कम्पनीका विभिन्न उत्पादनहरू दराजबाट खरिद गर्ने ग्राहकले सयदेखि पाँच हजार रुपैयाँसम्म दक्षिणा पाउने कम्पनीले जनाएको छ ।
यसका साथै सोही समयावधिमा आफ्नो उत्पादन खरिद गर्ने ग्राहकमध्येबाट एक जनालाई 'मिस्ट्री बक्स' दिइने कम्पनीले जनाएको छ । जसमा २० हजार रुपैयाँ माथिको उपहार हुनेछ ।
हाल ग्रिन लाइफका इयरबड्स, ब्लुटुथ स्पिकर, पावर बैंक, स्मार्टवाच जस्ता उत्पादन बजारमा उपलब्ध छन् ।