close

आईटी/आईएसपी विधामा डिशहोमले पायो ‘एचआरएम’ अवार्ड

टेकपाना टेकपाना

पुस २५, २०७८ १४:५३

आईटी/आईएसपी विधामा डिशहोमले पायो ‘एचआरएम’ अवार्ड

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड एचआरएम अवार्डबाट सम्मानित भएको छ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने ‘एचआरएम अवार्डमध्ये आईटी/आईएसपी अवार्डतर्फ डिश मिडिया नेटवर्क सम्मानित भएको हो ।

डिश मिडियाले आफ्नो इन्टरनेट सेवा सुरुवात गरेसँगै आईटी/आईएसपी विधामा यो अवार्ड प्राप्त गरेको हो ।

निजी क्षेत्रबाट मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लब प्रालिले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।

सो अवार्ड छनौटका लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्वसचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ, आशुतोष तिवारी र बैंकर वर्षां श्रेष्ठ रहेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५