close

इन्स्टाग्रामबाट यसरी अनलिंक गर्नुहाेस् फेसबुक अकाउन्ट

टेकपाना टेकपाना

माघ १, २०७८ १९:४

इन्स्टाग्रामबाट यसरी अनलिंक गर्नुहाेस् फेसबुक अकाउन्ट

काठमाडौं । हाम्रो जीवनमा सामाजिक सञ्जालको प्रयोग सामान्य बनिसकेको छ । त्यसमा पनि धेरैले फेसबुक र इन्स्टाग्राम चलाउने गर्छौं ।

यदि तपाईंको फेसबुक र इन्स्टाग्राम अकाउन्ट लिंक्ड छ भने इन्स्टाग्राममा अपलोड गरेको पोस्ट फेसबुकमा शेयर गर्न सजिलो हुन्छ । विशेषगरी सामाजिक सञ्जालमार्फत व्यापार व्यवसाय प्रवर्द्धन गर्न यो निकै उपयोगी हुन्छ ।

तर यदि तपाईं लिंक भएको फेसबुक अकाउन्ट इन्स्टाग्रामबाट हटाउन चाहनुहुन्छ भने यसबारे आज हामी जानकारी दिँदैछौं ।

डेस्कटप वा मोबाइल दुवैबाट फेसबुक अकाउन्ट अनिलंक गर्न सकिन्छ ।

– यसका लागि सबैभन्दा पहिले इन्स्टाग्राम खोल्नुहोस् ।  

-इन्स्टाग्रामको सेटिङ्गमा जानुहोस्, अनि ‘Account Center’ मा क्लिक गर्नुहोस् ।  

-यसपछि खुल्ने ‘Accounts & Profile’ पेजमा लिंक भएको फेसबुक अकाउन्ट देख्नुहुन्छ, त्यहाँ क्लिक गर्नुहाेस् ।

-यसपछि खुल्ने नयाँ पेजमा ‘Remove From Accounts Center’ अप्सन क्लिक गर्नुहाेस् ।

-यसपछि आउने पेजमा ‘continue’ अप्सनमा क्लिक गर्नुहाेस् ।

बिजनेस अकाउन्ट चलाउने प्रयोगकर्ताले पर्सनल अकाउन्टमा स्वीच गरेर फेसबुक अनलिंक गर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२