close

विवाहका लागि गुगल मिटमा आमन्त्रण, अतिथिलाई अनलाइनबाटै भोज डेलिभरी

टेकपाना टेकपाना

माघ ७, २०७८ २०:२६

विवाहका लागि गुगल मिटमा आमन्त्रण, अतिथिलाई अनलाइनबाटै भोज डेलिभरी

काठमाडौं । उनीहरूको भेट अनलाइनमै भयो र कोभिड १९ को तेस्रो लहरका कारण विवाह पनि अनलाइनमै हुँदैछ । सन्दिपन सरकार र अदिती यही जनवरी २४ मा पश्चिम बङ्गालको बर्दवान जिल्लामा केवल सय जना अतिथिको उपस्थितिमा बैबाहिक जीवनको गाँठोमा बाँधिनेछन् ।

जब कि बाँकी ३५० अतिथि भने आफूलाई उपलब्ध गराइएको लिङ्कमार्फत गुगल मिटबाट सहभागिता जनाउनेछन् । भर्चुअल रुपमा बैबाहिक कार्यक्रममा सहभागिता जनाए पनि विवाह भोजबाट उनीहरू बञ्चित हुनेछैनन् । किन भने जोमाटोले सबै अतिथिको घरघरमा भोजन डेलिभरी गर्नेछ ।

‘मलाई ४ जनवरीदेखि १४ जनवरी बीचको समयमा कोभिडि भएको थियो र अस्पताल भर्ना भएको थिएँ । बर्दवान बाहिरबाट उपस्थितिका लागि आउने अन्य अतिथितिहरूले त्यस्तो अवस्था भोग्नु नपरोस् भन्ने चाहन्छु । यद्यपि हामीले पर्याप्त किसिमले पूर्व सावधानी अपनाउने निर्णय लिएका छौँ । अदितीको बुबा पनि अस्पताल भर्ना भएका थिए, ‘ सन्दिपन सरकारले भनेका छन् ।

पश्चिम बङ्गाल सरकारले ५० देखि बढीमा २०० जना अतिथिहरू मात्र विबाहमा सहभागी हुन पाउने गरी सीमित गरेको छ । यद्यपि यो जोडीले त्यसभन्दा अगाडि बढ्दै अनलाइनमा विवाह उत्सव मनाउने र जसमा उनीहरूको राज्य र केहीले ब्याङ्ग्लोरबाट उक्त अवसरको हिस्सा बन्न पाउनेछन् ।

गत वर्ष नै हुने गरी तय भएको उनीहरूको विवाहको मिति महामारीकै कारण पछाडि धकेलिएको थियो । नयाँ मिति नआउँदै उक्त जोडीले कोभिडको तेस्रो लहरका कारण पुनः उही अवस्थामा पुग्नुपर्‍यो ।

‘सन्दिपनले नै यो प्रस्ताव अगाडि सारेका थिए र मानिसहरू यो सुनेर पक्कै हाँस्नेछन् भन्ने सोचेका थियौँ । तर हामी नै सुरुमा यो ट्रेन्ड बसाउनुपर्छ भन्ने निर्णयमा पुग्यौँ । हाम्रा परिवारलाई पनि सुनायौँ । हामीले किन त्यसो गर्दैछौँ भनेर सुरुमा अनौठो पनि मान्नु भयो । तर महामारीकै बीच हामीले सबैको माझ विवाह मनाउन पाउने भएपछि खुशी छौँ ,’ अदितीले भनेकी छन् ।

‘सुरुमा त मेरो आमा र बुबाले प्रश्न उठाइरहनु भएको थियो । तर जब उहाँहरूले अरुले हाम्रो प्रसंसा गरेको देख्नु भयो त्यसपछि भने स्वीकार गर्नु भयो । अहिले सबैतिरबाट हामीलाई बधाई दिन कल आइरहेको छ,’ हुनेवाली दुलहीले थपेकी छन् ।

फ्लिपकार्ट जस्ता अनलाइन शपिङमार्फत जोडीका लागि आउने गिफ्टलाई स्वागत गरिनेछ । त्यस्तै नगद जीपे जस्ता भुक्तानी प्लेटफर्मबाट पठाउन सकिनेछ । विवाह भोजमा पब्दा फिश, मटन, चिकेन, नान, पुलाउ र राइस हुनेछ । बेहुला बेहुली पश्चिम बङ्गालका विपक्षी फुटबल क्लवका समर्थक भएकाले डेजर्टमा दुई प्रकारका रसग्ल्ला पनि समावेश हुनेछन् ।

‘अदिति इस्ट क्लवको फ्यान भएकाले हामीसँग रातो र पहेँलो रसगुल्ला अनि बाँकी म चाहीँ महुन बागन क्लवको फ्यान भएकाले रातो र हरियो रसगुल्ला रहनेछन्,’ गर्वसाथ सन्दिपनले खुलाए । यति मात्र होइन, भोजमा थप पान समेत रहनेछ ।

अतिथिहरूले भौतिक रुपमा विवाहमा उपस्थित हुन नसकेपनि हार्दिकतापूर्वक भोजन प्राप्त गर्नेछन् । ट्रेन्डसेटरको रुपमा सन्दिपन र अदितीले अन्य जोडीले समेत आफूहरूको बाटो पच्छ्याउने अपेक्षा राखेको इन्डिया टुडेले लेखेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२