close

१०० अर्ब डलर खर्चेर विश्वकै ठूलो चिप प्लान्ट बनाउँदै इन्टेल

टेकपाना टेकपाना

माघ ९, २०७८ २२:३१

१०० अर्ब डलर खर्चेर विश्वकै ठूलो चिप प्लान्ट बनाउँदै इन्टेल

काठमाडौं । चिप उत्पादन कम्पनी इन्टेलले विश्वकै ठूलो चिप प्लान्ट बनाउने भएको छ । कम्पनीले अमेरिकाको ओहाइओ सहरमा अहिलेसम्मकै ठूलो चिप प्लान्ट निर्माणका लागि कम्पनीले लगानी घोषणा गरेको छ ।

विश्वबजारले हाल सामना गरिरहेको चिप अभावलाई मध्यनजर गर्दै कम्पनीले धेरै उत्पादन गर्ने लक्ष्य सहित ठूलो प्लान्ट निर्माण गर्न लागेको हो । सुरुवाती चरणमा कम्पनीले २० अर्ब डलर खर्च गरेर दुई फ्याक्ट्री निर्माणको काम सुरु गर्नेछ ।

यो प्लान्टले तीन हजारलाई प्रत्यक्ष रोजगारी, सात हजारलाई निर्माण (कन्स्ट्रक्सन) तर्फ अल्पकालीन रोजगारी प्रदान गर्ने जनाइएको छ ।

त्यस्तै अन्य हजारौंले पार्टनर र आपूर्तीकर्ताको रुपमा काम पाउने कम्पनीले जनाएको छ । इन्टेलले ओहाइओ सहरमा एक दशकभित्र सय अर्ब डलरको लगानीमा ८ वटा प्लान्ट बनाउने योजना ल्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२