close

लोकसको आयोजनामा माघ १६ देखि ‘ह्याक-अ-विक’ हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

माघ १०, २०७८ १६:३२

लोकसको आयोजनामा माघ १६ देखि ‘ह्याक-अ-विक’ हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । पुल्चोक क्याम्पस अन्तर्गतको कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ विभागका विद्यार्थीको संस्था ‘लोकस’ ले विद्यार्थीका लागि ह्याकाथन कार्यक्रम ‘ह्याक-अ-विक’ गर्ने भएको छ ।

माघ १६ गतेदेखि सुरु हुने यस ह्याकाथनमा प्रोग्रामिङका विद्यार्थीले विभिन्न विषयमा रहेर नयाँ प्रडक्ट उत्पादन गर्ने लोकसले जनाएको छ ।

यो प्रोगामिङका लागि चारवटा क्षेत्र (पर्यटन, स्वास्थ्य तथा महामारी, वित्तीय प्रविधि र एआई तथा डेटा साइन्सको प्रयोग) छुट्टाइएको छ, जसअन्तर्गत रहेर सहभागीहरूले काम गर्नेछन् ।

देशभरबाट इच्छुकले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् । ह्याक-अ-विकको विजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमका लागि माघ १३ गतेसम्म आवेदन दिन सकिन्छ । आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२