close

४९ रूपैयाँमा दिनभर टेलिकमकाे अनलिमिटेड डेटा र भ्वाइस

टेकपाना टेकपाना

माघ २९, २०७८ २०:५०

४९ रूपैयाँमा दिनभर टेलिकमकाे अनलिमिटेड डेटा र भ्वाइस

काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर ल्याएको छ । अनलिमिटेड डेटा र भ्वाइस सुविधासहित कम्पनीले प्रेमिल चाडका लागि अफर सार्वजनिक गरेको हो ।

यसअन्तर्गत ४९ रूपैयाँमा २४ घण्टाका लागि अनलिमिटेड भ्वाइस र अनलिमिटेड डेटा पाउनेछन् । कम्पनीका अनुसार ग्राहकले १ एमबीपीएस गतिमा डेटा चलाउन सक्नेछन् ।

त्यस्तै अनलिमिटेड भ्वाइस टेलिकमको नेटवर्कभित्र मात्रै प्रयोग गर्न मिल्नेछ ।

*१४१५# डायल गरी वा नेपाल टेलिकमकाे माेबाइल एपबाट याे सेवा लिन सकिनेछ ।

यो अफर फागुन १ र २ गतेका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२