close

एनसेलले ल्यायो नयाँ डेटा प्याक, १२५ रुपैयाँमा ५ जीबी डेटा

टेकपाना टेकपाना

फागुन १८, २०७८ ११:६

एनसेलले ल्यायो नयाँ डेटा प्याक, १२५ रुपैयाँमा ५ जीबी डेटा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सस्तो मूल्यको डेटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको हो ।

यसका साथै नन्‌स्टप युट्युब अफर अन्तर्गतको एउटा अल टाइम डेटा प्याकको भोलुम पुरानै मूल्यमा दोब्बर बनाइएको छ । नयाँ अल टाइम डेटा प्याकमा सात दिनको समयसीमा रहेको पाँच जीबी अल टाइम डेटाको मूल्य कर सहित १२५ रुपैयाँ रहेको छ ।

त्यस्तै नन्‌स्टप युट्युब प्याक अन्तर्गत कम्पनीका ग्राहकले कर सहित १४७ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न मिल्ने चार जीबी अल टाइम डेटा, भाइबर मेसेजिङका लागि छुट्टै ५०० एमबी डेटा र नन्‌स्टप युट्युब प्रयोग गर्न पाउनेछन् । यसअघि ग्राहकले युट्युब प्याकमा पुरानै मूल्यमा दुई जीबी अल टाइम डेटा पाउँदै आएका थिए ।

अब यो भोलुम बढाएर चार जीबी पुर्‍याइएको छ । यी प्याकहरू मङ्गलबारदेखि सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले *१७१२३# डायल गरी नयाँ पाँच जीबी अल टाइम डेटा प्याक सुरु गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकले नन्‌स्टप युट्युबसँग बन्डल गरिएको चार जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर मेसेजिङ डेटा बन्डल पनि *१७१२३# डायल गरी प्राप्त निर्देशन अनुसार लिन सकिनेछ । ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् । यी प्याकहरूको मान्य अवधि सात दिनसम्म रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२