close

आगामी ६ वर्षमा मोबाइल डेटाको खपत तीन गुणाले बढ्ने

टेकपाना टेकपाना

फागुन १९, २०७८ १८:३

आगामी ६ वर्षमा मोबाइल डेटाको खपत तीन गुणाले बढ्ने

काठमाडौं । पछिल्लो समय बढ्दो मोबाइल प्रयोग र भिडियोको खपतले आगामी ६ वर्षमा मोबाइल डेटाको प्रयोग तीन गुणाले बढ्ने अध्ययनले देखाएको छ । ग्लोवल सिस्टम फर मोबाइल कम्युनिकेशन(जीएसएमए) ले भर्खरैमात्र ‘मोबाइल इकोनोमी रिपोर्ट २०२२’ सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार आउँदा ६ वर्षमा विश्वका धेरै जसो क्षेत्रमा मोबाइल डेटाको खपत तीन गुणले बढ्ने आकलन गरिएको छ । प्रतिवेदन अनुसार हाल विश्वका ५३ प्रतिशत अर्थात ४ अर्ब २० करोड मोबाइल इन्टरनेट सब्स्क्राइबर रहेका छन् ।

यो संख्या सन् २०२५ सम्म पुग्दा बढेर ५ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यस्तै हाल विश्वका ७५ प्रतिशतसँग स्मार्टफोन रहेको छ । भने, सन् २०२५ पुग्दा यो संख्या बढेर ८४ प्रतिशत पुग्ने प्रक्षेपण छ ।

यसरी मोबाइल इन्टरनेट तथा स्मार्टफोनको बढ्दो पहुँच र प्रयोगका कारण आगामी ६ वर्षमा मोबाइल इन्टरनेटको खपत तीन गुणले बढ्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार खपतको हिसाबले सबैभन्दा अघि दक्षिणपूर्वी एशिया रहने छ । 

यो क्षेत्रमा अबको ६ वर्ष अर्थात सन् २०२७ सम्म मोबाइल डेटाको खपत ५.८ गुणाले बढ्नेछ । त्यस्तै दोस्रोमा ल्याटिन अमेरिका रहेको छ । यो क्षेत्रमा ४.४ गुणाले बढ्दा मध्यपूर्वी तथा दक्षिण अफ्रिकामा ४.३ गुणाले बढ्ने प्रक्षेपण गरिएको छ । 

प्रतिवेदन अनुसार सहारा अफ्रिकामा ३.८, दक्षिण अमेरिकामा ३.६, उत्तर पुर्वी एशियामा ३.५, पश्चिम युरोपमा ३.४, मध्यपश्चिम युरोपमा ३.२ र गल्फ देशहरूमा सबैभन्दा कम अर्थात २.१ गुणाले वृद्धि हुने जनाइएको छ । भारतमा सन् २०२७ सम्म मोबाइल डेटाको खपत २.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२