close

इलेक्ट्रिक साइकलमार्फत विश्व यात्रा थाल्दै शर्मा

टेकपाना टेकपाना

बैशाख १, २०७९ १३:४७

इलेक्ट्रिक साइकलमार्फत विश्व यात्रा थाल्दै शर्मा

काठमाडौं । साइकलयात्री शुभप्रसाद शर्माले नयाँ वर्ष २०७९ को अवसर पारी आजदेखि विश्व साइकल यात्रा सुरू गरेका छन् । इलेक्ट्रिक साइकलमार्फत विश्वका १५० देशमा पुग्ने योजनासहित ५३ वर्षीय शर्माले नेपालको पूर्वी क्षेत्रबाट यात्रा थालेका छन् ।

साइकल मार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लाओस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, सिंगापुर हुँदै विश्वका १५० देशमा साइकल यात्रा गर्ने उनले जानकारी दिए ।

‘विश्वव्यापपी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्या केही हदसम्म भएपनि न्यूनीकरण गर्ने उद्देश्यबाट प्रेरित भएर मैले विश्व यात्रा तय गरेको हुँ,’ पूर्व फुटबल खेलाडी समेत रहेका उनले भने ।

अनुमानिन ५ वर्षको अवधिलाई आफ्नो भ्रमण समय मानेर यात्रा सुरु गरेका जानकारी दिँदै उनले यो भन्दा थप बढी समय लागेपनि आफ्नो लक्ष्य साकार पारेर मात्र नेपाल फर्किने सोच लिएको उनले बताए ।

उनले यसका लागि एडिया कुजु माउन्टेन बाइकमार्फत विश्व साइकल यात्रा गर्दैछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४