close

तपाईंको आयु कति लामो छ, अब प्रविधिले पत्ता लगाउनेछ

टेकपाना टेकपाना

बैशाख ५, २०७९ ८:२१

तपाईंको आयु कति लामो छ, अब प्रविधिले पत्ता लगाउनेछ

काठमाडौं । को मान्छे कति उमेरसम्म बाच्छ भन्ने कुरा अनिश्चित हुन्छ । मान्छेको उमेरको आधारमा कति लामो बाच्छ भनेर थाहा पाउन पनि सकिन्न । मान्छेको उमेर लामो र छोटो हुनेमा धेरै कारण हुन्छन् ।

तीमध्ये केही चिन्ता, निन्द्रा, खाना पनि हुन् । यस्ता कुराले कोही व्यक्तिको आयु लामो हुने वा छोटो हुने भन्नेमा ठूलो भूमिका खेल्छ ।

यसैले तपाईं कति समय बाच्नु् भन्ने कुरा तपाईंको क्रोनोलजिकल उमेरभन्दा पनि तपाईंको बायोलजिकल उमेरले बताउँछ । यस्तै तपाईंको बायोलजिकल उमेर थाहा पाउन वैज्ञानिकहरूले विगत एक दशकदेखि काम गरिरहेका छन् । फलस्वरुप ‘एजिङ क्लक’ अर्थात उमेर पत्ता लगाउने घडीको परीक्षण भइरहेको छ ।

एजिङ क्लकले तपाईंका विभिन्न बानीहरूलाई मूल्याङ्कन गरेर तपाईंको बायोलजिकल उमेर पत्ता लगाउने काम गर्छ । यसको मुख्य अवधारणा भनेको मानिसको अंगहरूको अवस्थालाई अध्ययन गरेर उसको आयु कतिसम्म छ भनेर पत्ता लगाउनु हो ।

गएको एक दशकमा सयौं एजिङ क्लकहरूको उत्पादन भएको छ र सबैको आ-आफ्नै विशेषता छ । ती घडीहरूले दिने तथ्यको मापन पनि फरक-फरक छ ।

अनुसन्धानकर्ताहरू अझैं पनि बायोलजिकली तन्नेरी हुनुको अर्थ के हुन्छ भन्ने विषयको अध्ययन गरिरहेका छन् । धेरैजसो एजिङ क्लकहरूले व्यक्तिको एपिजेनेटिक मार्करको आधारमा बनेको बायोलजिकल उमेरलाई मापन गर्ने गर्छ ।

एपिजेनेटिक एक प्रकारको अध्ययन हो, जसमा कसरी तपाईंको बानी र तपाईं वरपरको वातावरणले तपाईंको जीनमा असर गरिरहेको छ भन्ने अध्ययन गर्दछ ।

यही अध्ययनका विभिन्न सूचकहरूलाई आधार मानेर एजिङ क्लकले व्यक्तिको बायोलजिकल उमेर पत्ता लगाउने काम गर्छ । तीमध्ये केही घडीले मानिस शरीरको अवस्थालाई अध्ययन गरेर उसको आयु कतिसम्म छ भनेर अनुमान पनि गर्ने गर्छ ।

यसमा विभिन्न सूचकहरू जस्तै रक्तचाप, ग्लुकोज, सेतो रक्तकोष लगायतको अध्ययन हुन्छ । यी सूचकहरूको स्थितिको आधारमा एजिङ क्लकले तपाईंको उमेर र तपाईंको आयुको अनुमान गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२