close

यस्तो छ डेलको लिनक्स ल्यापटप ‘भोस्ट्रो ३५१०’

सुसन चापागाईं सुसन चापागाईं

बैशाख ८, २०७९ १२:५२

यस्तो छ डेलको लिनक्स ल्यापटप ‘भोस्ट्रो ३५१०’

काठमाडाैं । बजारमा डेलको नयाँ इन्टेल आईसेभेन इलेभेन्थ जेन भाेस्ट्राे ३५१० ल्यापटप आएको छ । जसमा ८ जीबी र्‍याम ५१२ जीबी एसएसडी छ । यस्तै Mesa Intel XE Integrated Graphics सँगै एनभिदियाको MX350 2GB Dedicated Graphics Card पनि यसमा छ ।

तर यो ल्यापटपमा उबुन्टु एलटीएस २०.४ लिनक्स अपरेटिङ सिस्टम इन्स्टल भएर आएका हुनाले मलाई पनि अलिक नौलो लागेको थियो ।

किनकी अधिकांश ल्यापटपमा विन्डाेज अपरेटिङ सिस्टम इन्स्टल भएर आउने गर्छन् । यदि तपाईं विन्डोज ल्यापटप चलाउने गर्नुहुन्छ भने लिनक्स अलि अप्ठ्यारो लाग्नसक्छ ।

त्यसैले यो ल्यापटप कसका लागि उपयुक्त हुन सक्छ, अनि पर्फर्मेन्स कस्तो छ ? यसबारे म जानकारी दिँदैछु ।

सुरुमा कुरा गरौं लिनक्स अपरेटिङ सिस्टमको बारेमा । लिनक्स Windows, MacOS, ChromOs जस्तै ल्यापटपको अपरेटिङ सिस्टम हो, जुन ओपन सोर्समा आधारित हुन्छ ।

त्यसैले विन्डोजमा जस्तो लाइसेन्स लिइरहनु वा किनरहनु पर्दैन । यसलाई सुरक्षित र भरपर्दो अपरेटिङ सिस्टम पनि मान्ने गरिन्छ ।

त्यसैले प्राेग्रामर वा आईटी सेक्टरमा संलग्न व्यक्तिहरुले लिनक्स ओएस रुचाउँछन् । लिनक्स चलाउनेहरुले यसअघि विन्डाेज ल्यापटपमा Manually Linux Install गर्नुपर्थ्यो ।

तर डेलले अहिले आएका कतिपय नयाँ ल्यापटपहरुमा अपरेटिङ सिस्टम छान्ने अप्सन उपलब्ध गराउन थालेको छ । लिनक्स प्राेग्रामरबीच लोकप्रिय बन्दै जानुको पछाडि यसका केही आकर्षक विशेषताहरु छन् ।

जस्तै यसलाई आवश्यकता अनुसार कस्टमाइज गर्न सकिन्छ । त्यस्तै CPU consumption कम हुन्छ भने विन्डोजले जस्तो धेरै ड्राइभ स्पेस खाँदैन । जसले गर्दा प्रोग्रामिङको काम छिटो र सुरक्षित हुन्छ । त्यसैले यो ल्यापटप आईटीका विद्यार्थी, प्रोग्रामरसँगै गेम खेल्न रुचाउनेहरुका लागि उपयोगी बन्नसक्छ ।

आईटी विद्यार्थी भएकाले म लिनक्स नै चलाउने गर्छु । यो ल्यापटपमा लिनक्स ओएस प्रि-इन्स्टल भएर आएका हुनाले विन्डोजलाई हटाएर लिनक्स हाल्नुपर्ने झन्झट गर्नै परेन । अर्को कुरा लाइसेन्सवाला विन्डोज भएको ल्यापटप अलि महंगो पर्छ । त्यसलाई हटाएर लिनक्स हाल्नु खासै फाइदाजनक हुँदैन ।

त्यसैले प्राेगामर र मजस्ता आईटीका विद्यार्थीका लागि यो सुखद पक्ष हो । अब कुरा गरौं यो ल्यापटपको पर्फर्मेन्सको । मैले सुरुमै भनिसकेँ यसमा i7-1165G7 प्रोसेसरसँगै ८ जीबी DDR4 RAM, 512 GB SSD, Intel XE Integrated Graphics र Nvidia को MX350 2GB Dedicated Graphics Card पनि छ ।

८ एमबी क्याश मेमाेरी भएको हुनाले सीपीयूमा फास्ट एक्सेस प्रदान गर्छ । सीपीयूले reuse गर्ने डेटा र इन्स्ट्रक्सनलाई टेम्पोररिली होल्ड गर्ने काम cache memory ले गर्छ । प्रोसेसर, ग्राफिक्स, र्‍याम, एसएसडी सबैको संयोजन राम्रो भएकाले यो ल्यापटपको पर्फर्मेन्स मलाई राम्रै लाग्यो ।

फ्ल्टर रन गर्दा अन्य कुनै editor मा कोड लेखिराख्नु पर्दैन । सामन्यतय अन्य कम प्रोसेसरको ल्यपटपमा हामीले फ्ल्टर चलाउँदा एन्ड्राइड स्टुडियाेमै काेड गर्न गाह्रो पर्थ्यो । ल्याटप तात्ने, फ्रीज हुनेजस्ता समस्या आउँथे । तर यो ल्यापटपमा सहज तरिकाले काम हुँदो रहेछ ।

Jupytar , anaconda लगायतका python distribution पनि मज्जले नै चलेको पाएँ । त्यसैले प्राेगामरका रूपमा मलाई यो ल्यापटपको पर्फर्मेन्स निकै प्रभावकारी लाग्यो ।

Linux OS मा graphics test को लागि हामीले graphics performance benchmark tool GLMARK 2 प्रयोग गरेका थियौं ।

GLMARK ले 2D र 3D different images हरुलाई default window मा render गरेर FPS (Frames per second) calculate गर्छ ।

यसरी टेस्ट गर्दा यो ल्यापटपमा 1518 टोटल score आएको छ, जुन निकै राम्रो हो । यत्तिको Specification भएको ल्यापटप Normal video editing, Graphics र सामान्य पीसी गेमिङका लागि पनि ठीकठाक हुन्छ ।

तर लिनक्स ओएस भएकाले Adobe Premiere, Photoshop, illustrator जस्ता सफ्टवेयर यसमा रन गर्न मिल्दैन । तैपनि Linux OS मा KDENLIVE बाट video editing ट्राइ गर्दा राम्रै आउटकम मिलेको थियो ।

त्यस्तै WINE जस्ता open source software प्रयोग गरेर window मा चल्ने game Linux मा खेल्न पनि सकिन्छ ।

Steam बाट Counter Strike खेल्दा 40-50 FPS पाइरहेको थिएँ । ल्यापटपमा भिडियो एडिट वा गेमहरु धेरै खेल्नुहुन्छ, कन्टेन्ट प्रडक्सन वा गेमर हुनुहुन्छ भने चाहिँ राम्रो अनुभवका लागि Windows OS भएकै ल्यापटप किन्न मेरो सुझाव छ ।

User Interface को कुरा गर्ने हो भने लिनक्समा बानी परेकालाई त यो सजिलो भइ नै हाल्यो । होइन भने चाहिँ सुरुमा निकै अप्ठ्यारो लाग्नसक्छ ।

Microsoft Office, Adobe जस्ता प्याकेजहरु यसमा चल्दैन । यसको विकल्पमा Libre Package Kdenlive जस्ता सफ्टवयेर राख्नुपर्ने हुन्छ, जुन Windows को जस्तो फ्लेक्जिबल हुँदैन ।

अब यसको लुक्सको कुरा गरौं । ल्यापटपको looks classy नै छ। Black carbon case भएको यो ल्यप्टपको weight १.७ kg रहेको छ। हेर्दा ल्यापटप धेरै ब्लकी देखिँदैन।जसलाई पोर्टेवल नै भन्न सकिन्छ। 15.6 इन्च Full HD डिस्प्ले साइज भएको यो ल्यापटपमा Open Lid Sensor छ । जसले गर्दा ल्यापटपको Lid खोल्ने बित्तिक्कै आफैँ अन हुन्छ ।

previous generation को Comparison मा १०% higher screen to body ratio रहेको हुनाले तपाइलाइ काममा केन्द्रित हुन सघाउ पुग्छ। Refresh rate पनि 120HZ भएको हुनाले smooth looking screen पाउन सकिन्छ ।

यस्तै Power button मा fingerprint Sensor पनि छ। जसबाट हामीले ल्यापटपको ल़क, अनल़क गर्न सक्छौं। बेजल्सहरु डिस्प्लेको टप र बटम साइडमा अलि बढी छ साइडमा भने अलि कम छ। Touch Pad को size पनि comparatively अरु ल्यप्टपको भन्दा bigger नै भएको हुनाले screen navigation मा better experience पाउन सक्नुहुन्छ ।

Typing को लागि Key Space चाहिँ अलि Congested जस्तो लाग्यो तर बिस्तारै बानी पर्दै गएपछि यसले खासै असर गर्दैन। अर्को कुरा भनेको यसको Numeric Key Section मा Calculator को लागि डेडिकेटेड Key दिइएको छ। जसले हिसाब किताब गरिरहनु पर्नेलाई चाहिँ अत्यन्तै सजिलो बनाउँछ ।

मिटिङ वा भिडियो कलका लागि यसमा HD Resolution को वेभ क्यामेरा दिइएको छ। जसले 30 FPS भिडियो खिच्छ। अडियोका लागि २ वाटको २ ओटा stereo speaker रहेका छन्। जसको Output ठिकठाक छ ।

पोर्ट र Connectivity को कुरा गर्नु पर्दा यसको बायाँ साइडमा चार्जीङ पोर्ट, HDMI Port, 2 वटा USB 3.2 gen 1 पोर्ट छ। दायाँ साइडमा Wedge Lock सँगै क्रमश 3.5mm Audio Jack Port, RJ45 Port, USB 2.0 र SD Card Slot छ। ल्यापटपको Build Quality मा खासै खोट लगाउने ठाउँ छैन ।

सँगै Spill – proof भएको हुनाले यो ल्याप्टपमा चिया, कफी पोखिए पनि खासै डराउनु पर्दैन, तर यसो भन्दैमा लापरबाहि गर्न चाहिँ भएन। त्योसँगै ल्याप्टपको Hinge अलि ठूलो भएकाले यो हतपत्त बिग्रदैन। 3 cell 41 watt hour battery भएको हुनाले यो ल्यापटपबाट battery backup पनि निकै राम्रो पाएको थिए। Full Charge गरेर लगातार काम गर्दा ५ देखि ६ घण्टा आरामसंग चलेको थियो ।

41 watt को फास्ट चर्जिंग भएको हुनाले करिब १ घण्टामै यो ल्यप्टप ६५-७०% चार्ज भैसक्छ। Battery Backup को कुरा गर्दा लिनक्सले Windows को तुलनामा अलि बढी नै खपत गर्छ ।

किनकी यसले by default hardware लाइ background मा run गरिरहेको हुन्छ even if it is not used. While Windows is not like that. त्यसैले तपाइँले यो ल्यप्टपको battery backup windows मा अझै राम्रो पाउन सक्नुहुन्छ। ल्यप्टप किन्दा ल्यापटप र चार्जरसँगै Mcafee Antivirus पनि पाउनुहुनेछ ।

अब कुरा गरौं मुल्यको। मुल्यको कुरा गर्नु पर्दा यो ल्यापटप Neostore बाट किन्नुभयो भने १ लाख २८ हजार ९ सय १५ रुपैँयामा पाउन सक्नुहुन्छ। यो रिभ्यु भिडियोको Description मा रहेको लिंकमार्फत ल्याप्टप बुक गर्नुभएको खण्डमा एउटा माउस र हेडफोन पनि तपाईंले निशुल्क पाउनुहुन्छ ।

समग्रमा भन्ने हो भने यहि Specification भएको ल्यापटप Windows OS वाला किन्नु भयो भने लगभग २० हजार महंगो पर्न आउँछ। Linux Free भएकाले OS को Licensing मा लाग्ने खर्च यो ल्यापटप किन्दा बचत हुन्छ। तर बुझ्नु पर्ने कुरा के हो भने दैनिक Microsoft Office का विभिन्न प्रडक्ट चलाउनुपर्छ भने वा Adobe Packages हरु चलाउनुहुन्छ भने यो OS भएको ल्यापटप किन्दा खासै उपयोगी नहुन सक्छ ।

तर IT/ Engineering को विद्यार्थी हुनुहुन्छ अथवा Programming गर्नुहुन्छ भने यो ल्यापटप तपाईंको लागि बढी उपयोगी हुन्छ। किनकी यसको Processor, RAM, Graphics Card को संयोजन राम्रो भएकाले एकैपटक प्रोग्रामिङका धेरैवटा Application हरु मजाले चलाउन सकिन्छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२