close

तपाईंको टिकटक प्रोफाइल क-कसले खोलेर हेरे ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

बैशाख १७, २०७९ १२:२७

तपाईंको टिकटक प्रोफाइल क-कसले खोलेर हेरे ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । टिकटकमा आफ्नो प्रोफाइल क-कसले हेरे भनेर थाहा पाउन सकिन्छ । कम्पनीले केही समयअगाडि मात्र यो फिचर थप गरेको हो ।

टिकटकले यो फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको घोषणा त गरेको छैन । तर धेरै टिकटक अकाउन्टमा यो फिचर सुरु भइसकेको छ ।

१६ वर्षभन्दा माथिका प्रयोगकर्ता, जसको पाँच हजारभन्दा कम फलोअर छन्, उनीहरूले मात्र यो फिचर प्रयोग गर्न सक्छन् । यो नियम पछाडिको निश्चित कारण भने टिकटकले खुलाएको छैन ।

तपाईंको अकाउन्टमा यो फिचर उपलब्ध छ वा छैन भनेर थाहा पाउन आफ्नो प्रोफाइलमा जानुहोस् र स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि आँखाको आइकन छ वा छैन भनेर हेर्नुहोस् ।

यदि आँखाको आइकन छ भने सो आइकनमा क्लिक गरेर तपाईंले आफ्नो प्रोफाइल कसले हेर्‍यो भनेर थाहा पाउन सक्नुहुन्छ भने तपाईंले कसैको प्रोफाइल हेर्नुभयो भने सो व्यक्तिले पनि थाहा पाउनेछ ।

यद्यपि यो फिचर आफ्नो इच्छा अनुसार इनेबल र डिसेबल गर्न मिल्छ । यसको लागि सोही आँखा भएको आइकनमा क्लिक गर्नुहोस् र स्क्रिनमा माथि दाहिनेतिर सेटिङमा क्लिक गर्नुहोस् ।

यसपछि स्क्रिनको तलपट्टि आउने अप्सनमा अफ गरिदिनुहोस् । यसरी न तपाईंलाई कसैको नोटिफिकेसन आउँछ, न त तपाईंले कसैको प्रोफाइल हेर्नुभएको नोटिफिकेसन सो व्यक्तिलाई जान्छ ।

यस्तै यदि तपाईंले यो फिचर अन गर्नुभएको छैन भए सोही आँखाको आइकनमा क्लिक गरेर फिचर इनेबल गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२